२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘युरोपेली हितको रक्षा गर्न’ वार्ता केन्द्रित हुनुपर्ने राष्ट्रपति म्याक्रोँको भनाइ

२०८२, २९ असार आईतवार १७:५३

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमा ३० प्रतिशत कर लगाउने चेतावनीको विरोध गर्दै युरोपेली हितको दृढतापूर्वक रक्षा गर्न इयूको वार्ता समूहलाई आग्रह गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घमाथि अगष्ट १ देखि लागू हुने गरी ३० प्रतिशत कर वृद्धि हुने चेतावनी दिनुभएको छ ।

उक्त घोषणाप्रति फ्रान्सको ‘कडा असहमति’ व्यक्त गर्दै म्याक्रोँले अगष्ट १ सम्ममा दुवै पक्ष सहमतिमा पुग्न असफल भएमा ‘सबै उपकरण परिचालन गरेर विश्वसनीय प्रतिकारको तयारीलाई तीव्रता दिन’ आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “अगष्ट १ सम्ममा पारस्परिक रूपमा स्वीकार्य सम्झौतामा पुग्न तीव्र हुने वार्तामा फ्रान्सले युरोपेली आयोगलाई पूर्ण समर्थन गर्दछ । यसले युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाजस्ता व्यापारिक साझेदारहरूले एकअर्काप्रति गर्नुपर्ने सम्मानलाई प्रतिबिम्बित गर्दछ ।”

यसअघि शनिबार युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पले अगस्ट १ देखि लागु गर्ने भनिएको नयाँ करको सम्बन्धमा आलोचना गर्नुभएको थियो ।

युरोपेली आयोगकी प्रमुख भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “इयूको निर्यातमा ३० प्रतिशत कर लगाउँदा एटलान्टिक महासागरका दुवैतर्फका व्यवसाय, उपभोक्ता र बिरामीलाई हानि पुग्ने गरी आवश्यक ट्रान्साटलान्टिक आपूर्ति श्रृङ्खलामा खलल पुग्नेछ ।”

उहाँले भन्नुभयो, “हामी अगष्ट १ सम्ममा सम्झौताका लागि काम गर्न तयार छौं । साथै, हामी इयूको हितको रक्षाका लागि आवश्यक सबै कदम चाल्नेछौं, जसमा आवश्यक परेमा समानुपातिक प्रतिकारको उपाय अपनाउने उपाय पनि समावेश छ ।”

युरोपेली सङ्घ र अन्य दर्जनौं अर्थतन्त्रमाथि बुधबारदेखि अमेरिकी करको स्तर १० प्रतिशतको आधार रेखाबाट वृद्धि गर्ने तयारी गरिएको थियो तर ट्रम्पले शनिबार यो समय सीमालाई अगस्ट १ सम्मका लागि पछाडि सार्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ (इयू)लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको घोषणा शनिबार गर्नुभएको थियो ।

उहाँ आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको औपचारिक पत्रमा भन्नुभएको छ, “करसम्बन्धी यी दुवै घोषणा अगस्ट १ देखि लागू हुनेछन् ।

राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकामा अवैध लागूपदार्थको प्रवाहमा मेक्सिकोको भूमिका र इयूसँगको व्यापार असन्तुलनलाई करवृद्धि गर्नुपर्नाको कारणको रूपमा उल्लेख गर्नुभएको छ ।

इयूले यो घोषणाको तीव्र आलोचना गर्दै यसले आपूर्ति श्रृङ्खलामा खलल पु¥याउने चेतावनी दिएको छ, तर समय सीमाभन्दा अगाडि नै सम्झौतामा वार्ता जारी राख्ने बताएको छ ।

राष्ट्रपति ट्रम्पले युरोपलाई ३० प्रतिशत कर लगाउने धम्की दिएपछि जर्मनीको औद्योगिक निकायले शनिबार वासिङ्टन र युरोपेली सङ्घ (इयू) लाई बढ्दो व्यापार द्वन्द्वको छिटो समाधान गर्न आग्रह गरेको थियो ।

‘राष्ट्रपति ट्रम्पको यो घोषणा एटलान्टिक महासागरका दुवैतर्फका उद्योगका लागि सचेतनाको आह्वान हो,” जर्मन इन्डस्ट्रिज फेडेरेसन (बिडिआई) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“इयू र संयुक्त राज्य अमेरिकाको नजिकको रूपमा जोडिएको दुई आर्थिक क्षेत्रहरू बीचको व्यापार द्वन्द्वले आर्थिक पुनरुत्थान, आविस्कार र अन्ततः अन्तर्राष्ट्रिय सहयोगमाथिको विश्वासलाई हानि पुर्‍याउँछ,” बिडिआईका एक वरिष्ठ अधिकारी वुल्फगाङ निडरमार्कले भन्नुभयोे ।

महासङ्घले जर्मन सरकार, युरोपेली आयोग र अमेरिकी प्रशासनलाई तत्काल समाधान खोज्न र तनाव बढ्न नदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह