२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या “भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे”

‘आमाको हत्या भयो, बुवा जेल जाने भए,’ डीएसपी बस्यालले भने, ‘उनीहरुको ८ र ६ वर्षका दुई छोराछोरीको बिचल्ली हुने अवस्था सिर्जना भएको छ।’
१ श्रावण २०८२, बुधबार १३:११

काठमाडौँ | प्यूठानका एक युवकले आफू वैदेशिक रोजगारीमा रहँदा अर्कैसँग दोस्रो बिहे गरेर हिँडेकी पत्नीको हत्या गरेका छन्।

सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मिणी बरालको पूर्वपति ३२ वर्षीय लिलबहादुर बरालले मंगलबार चक्कु प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ। हालका पतिकै घरमा गएर उनले पत्नीकाे हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्यालका अनुसार हत्या घटना लगत्तै बराल पक्राउ परेका छन्। लिलबहादुरको घर प्यूठानकै ऐरावती गाउँपालिका–२ कात्तिके हो।

रुक्मिणीका बराल तर्फका ८ वर्षका छोरा र ६ वर्षकी छोरी छन्। पति वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेको बेला गएको वैशाखमा उनले सरुमारानी गाउँपालिका–३ गोठेरीका दिपक परियारसँग भागी बिहे गरेकी थिइन्। परियारको यो पहिलो बिहे हो। ‘बराल यही असार २४ गते मात्रै घर फर्किएका रहेछन्,’ डीएसपी बस्यालले भने, ‘घर फर्किपछि आफूले घरमा बोलाउँदा पनि नआएको र सम्बन्ध बिच्छेद गर्न खोज्दा पनि नमानेपछि हत्या गरेको बयान बरालले दिएका छन्।’

‘यसअघि जेजस्तो भए पनि म बिर्सिन्छु। तँ घरमा आइनस् भने ससाना छोराछोरीको विजोग हुन्छ भनेर बोलाउँदा पनि आउन नमानेपछि हत्या गरेको हुँ,’ प्रहरीसँगको बयानमा बरालले भनेका छन्।

रुक्मिणीको हत्या हुँदा उनका हालका पति भने घरमा थिएनन्। ‘उनी कामको शिलशिलामा सोलुखुम्बु गएको बेला घटना भएको हो,’ डीएसपी बस्यालले भने। परियार १५ दिन अघि नै मिस्त्रीकाे काम गर्न साेलुखुम्बु गएका थिए।

मंगलबार बिहान जेठानी डिला परियारको घरमा गएको बेला त्यहीँ पुगेर बरालले रुक्मिणीकाे हत्या गरेका प्रहरीले जनाएको छ।

हत्याअघि लीलबहादुरले रुक्मिणीलाई फोन गरी बाहिर बोलाएका थिए। तर, उनी बाहिर निस्कन नमानेपछि घरभित्रै गएर उनले चक्कु प्रहार गरी हत्या गरेका प्रत्यक्षदर्शी डिला परियारले बताएकी छन्।

१० वर्षअघि रुक्मिणी र बरालको मागी बिहे भएको थियो। उनी डेढ वर्षअघि मात्रै इजरायल गएका थिए। गएको वैशाखमा आमाले घर छाडेर हिँडेपछि दुई छोराछोरीको रेखदेख हजुरबा हजुरआमाले गर्दै आएका थिए।

‘आमाको हत्या भयो, बुवा जेल जाने भए,’ डीएसपी बस्यालले भने, ‘उनीहरुको ८ र ६ वर्षका दुई छोराछोरीको बिचल्ली हुने अवस्था सिर्जना भएको छ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने