२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ककपिटमा भिडियो राख्नुको ‘बलियो तर्क’ : आइएटिए प्रमुख

१ श्रावण २०८२, बुधबार १४:५१
दुर्घटना अनुसन्धानमा सहायता गर्न एयरलाइन ककपिटमा भिडियो क्यामेरा राख्नुको ‘बलियो तर्क’ रहेको विश्वव्यापी उड्डयन उद्योग समूह आइएटिए प्रमुखले बुधबार बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आइएटिए) का महानिर्देशक विली वाल्शको यो टिप्पणी गत महिनाको एयर इन्डिया दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएपछि आएको हो । प्रतिवदेनले विमानको इन्जिन इन्धन स्विच बन्द गरिएको पत्ता लगाएको थियो ।
भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआइबी) द्वारा शनिबार जारी गरिएको प्रतिवेदनले जुन १२ को विपद्का लागि कुनै निष्कर्ष वा विभाजनको दोष दिएको छैन तर एक पाइलटले अर्का पाइलटलाई किन इन्धन कटौती गरेको भनेर सोधेको र दोस्रो पाइलटले आफूले नगरेको जवाफ दिएको सङ्केत गरेको छ ।
दुर्घटनामा विमानमा सवार दुई सय ४२ जनामध्ये एक जनाबाहेक सबैको मृत्यु भएको थियो र जमिनमा १९ जनाको मृत्यु भएको थियो ।
पूर्व व्यावसायिक एयरलाइन पाइलट वाल्शले ककपिटमा भिडियो क्यामेरा लगाउन पाइलटहरूको अनिच्छा बुझेको बताउनुभयो ।
“तर व्यक्तिगत आधारमा, किनभने हामीले आइएटिएमा यसबारे छलफल गरेका छैनौँ, म देख्न सक्छु कि दुर्घटना अनुसन्धानमा सहायता गर्न ककपिटमा भिडियो समावेश गर्नुको बलियो तर्क छ”, उहाँले पत्रकारहरूलाई भन्नुभयो, “यो सम्भव छ कि आवाज रेकर्डिङको अतिरिक्त भिडियो रेकर्डिङले अनुसन्धानकर्ताहरूलाई त्यो अनुसन्धान सञ्चालन गर्न उल्लेखनीय सहायता गर्नेछ ।”
आइएटिएले इन्जिन इन्धन स्विचहरू कुनै पनि आकस्मिक रूपमा बन्द हुनबाट रोक्न ककपिटमा पुनः डिजाइन गर्न सिफारिस गर्नेछ कि भनेर सोधिएको प्रश्नमा वाल्सले उद्योग निकायले थप विस्तृत प्रतिवेदनका लागि पर्खनु पर्ने र अनुमान लगाउनु नपर्ने बताउनुभयो ।
“मलाई लाग्छ यो महत्त्वपूर्ण छ कि हामीले दुर्घटना अनुसन्धानकर्ताहरूलाई पूर्ण र उचित अनुसन्धान गर्न अनुमति दिनुपर्छ र उनीहरूले आफ्नो प्रतिवेदन प्रकाशित गर्न पर्खनु पर्छ र त्यसपछि त्यस चरणमा यसलाई सम्बोधन गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।
तर उहाँले प्रारम्भिक प्रतिवेदनमा ‘धेरैजसो मानिसको अपेक्षाभन्दा बढी जानकारी’ समावेश गरेकामा प्रशंसा गर्नुभयो ।
प्रारम्भिक अनुसन्धानको निष्कर्षहरूले जानाजानी वा अनजानमा पाइलटको कार्यले पश्चिमी भारतको अहमदाबादबाट उडेको केही समयपछि लन्डन जाने बोइङ ७८७–८ ड्रिमलाइनर दुर्घटनाग्रस्त भएको हुनसक्छ भन्ने धेरै स्वतन्त्र उड्डयन विशेषज्ञहरूमा अनुमान जगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला