१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा सप्ताहव्यापी वृक्षरोपण अभियान

३ श्रावण २०८२, शुक्रबार १३:२३

काठमाडौँ | सामुदायिक वन समन्वय समिति (सिएफसिसी)को समन्वयमा यहाँ सप्ताहव्यापी वृक्षरोपण अभियान सुरु भएको छ ।

अभियानअन्तर्गत सिएफसिसी आबद्ध ९४ सामुदायिक वन उपभोक्ता समूहले ५० हजार बिरुवा रोप्ने लक्ष्य छ । निजी वन प्रवद्र्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताउनुभयो ।

“चरिचरन र डढेलो नियन्त्रण गर्नसके वन क्षेत्रबाट पुनःउत्पादन हुनसक्छ । वन नभएका क्षेत्रमा मात्र वृक्षरोपण आवश्यक हुन्छ, वनमा निर्भरता घटाउन निजी वन विकासमा जोड दिनुपर्छ ।” वृक्षरोपणले वन्यजन्तुको जैविक करिडोर संरक्षणमा मद्दत पुग्ने बताउँदै उहाँले भन्नुभयो ।

समन्वय समितिले सामुदायिक वन उपभोक्तालाई फलफूल, घर सजावट र औषधिजन्य बिरुवा निःशुल्क वितरण गर्दै आएको छ । समितिका उपाध्यक्ष नरेशराज जोशीले वृक्षरोपणबाट वातावरण संरक्षण, माटो तथा जलस्रोत संरक्षण र जैविक विविधता प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “घर–घरमा रोपिने फलफूल र औषधिजन्य बिरुवाले उपभोक्ताको आयआर्जनमा टेवा पु¥याउने भएकाले अभियानका क्रममा निःशुल्क बिरुवा उपलब्ध गराइरहेका छौँ ।” झिलमिली सामुदायिक वनमा सात हजार विभिन्न प्रजातिका बिरुवा रोपिएका उहाँले जानकारी दिनुभयो ।

गत वर्ष सञ्चालन भएको सप्ताहव्यापी अभियानमा ४० हजार बिरुवा रोपिएका थिए । समन्वय समितिले आफ्नै नर्सरीमा उत्पादन गरिएका बिरुवा प्रयोग गरी हरेक वर्ष वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल