१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऊर्जा दक्षता उपाय अपनाउने उद्योगलाई अनुदान वितरण सुरु

३ श्रावण २०८२, शुक्रबार १५:०५
काठमाडौँ |  राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले ऊर्जा दक्षता उपायहरू अपनाउने १० उद्योगलाई आर्थिक अनुदान वितरण गरेको छ । बैङ्कको काठमाडौँस्थित कार्यालयमा आज आयोजना गरिएको कार्यक्रममा ऊर्जा ‘अडिट’मार्फत पहिचान गरिएका प्रमुख ऊर्जा बचतका उपायहरू कार्यान्वयन गरेपछि पहिलो चरणमा १० वटा उद्योगलाई करिब रु दुई करोड ९० लाख बराबरको अनुदान प्रदान गरिएको थियो ।
यस्ता उपायहरूबाट दीर्घकालीन रूपमा वार्षिक झन्डै ३६ हजार ७८८ मेगावाट घण्टा ऊर्जा बचत हुने अपेक्षा गरिएको छ, जसले नेपालको जलवायु प्रतिबद्धता तथा दिगो औद्योगिक विकासमा पनि योगदान पु¥याउनेछ । यो अनुदान कार्यक्रम नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्पmत पुनः प्राप्ति एवं सशक्तिकरण परियोजनाअन्तर्गत सञ्चालित छ । परियोजना युरोपेली सङ्घ र जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) को सह–आर्थिक सहयोगमा सञ्चालन भइरहेको हो । यस कार्यक्रमले उच्च ऊर्जा बचत सम्भावना भएका उद्योगहरूलाई ऊर्जा दक्ष अभ्यासहरू अवलम्बन गर्न प्रोत्साहन गर्दै आइरहेको छ ।
कार्यक्रमअन्तर्गत स्थानीय ऊर्जा अडिटरद्वारा सिफारिस गरिएका उपायहरूको कार्यान्वयनका लागि लगानी लागतको आंशिक हिस्सा अनुदानस्वरूप प्रदान गरिन्छ । यो परियोजनाले ऊर्जा दक्षता, मर्यादित श्रम अभ्यास तथा वातावरणीय मापदण्डको पालना सुनिश्चित गर्न प्राथमिकता ंदिँदै आएको छ । पहिलो चरणको अनुदान वितरणसँगै रिप–ग्रिन अनुदान सुविधा औपचारिक रूपमा सुरु भएको छ । यसबाट नेपालका औद्योगिक क्षेत्रमा सफा तथा दक्ष प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले अनुदान व्यवस्थाबाट नेपालमा दिगो औद्योगिक अभ्यासको प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हुने बताउँदै दिगो वित्तीय प्रणाली र हरित अर्थतन्त्रप्रतिको बैङ्कको प्रतिबद्धता जनाउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल