१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

४ श्रावण २०८२, शनिबार १२:२१

काठमाडौं ।  विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनले सहभागिता जनाएको छ । एसोसिएसनका पूर्वअध्यक्ष डा शीतलकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार सम्पन्न भएको महासभामा सहभागिता जनाउनुभएको हो ।

डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको समेत प्रतिनिधित्व गर्दै महासभामा सहभागी हुनुभएको हो । महासभालाई सम्बोधन गर्दै उहाँले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरूसँग आग्रह गर्नुभयो ।

साथै विश्व भेटेरिनरी एसोसिएसनको कुनै पनि कार्यक्रम आयोजना गर्न नेपाल तयार रहेको उल्लेख गर्दै डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसन चाँडै विश्व भेटेरिनरी एसोसिएसनको सदस्य हुने विश्वास व्यक्त गर्नुभयो ।

डा श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिव हुनुहुन्छ । यही जुलाई १८ मा भएको उक्त महासभामा ९० देशबाट १२० जनाको सहभागिता भएको थियो । नेपाललगायत अन्य चार राष्ट्रबाट उक्त महासभामा सम्बोधन भएको थियो ।

महासभामा डा श्रेष्ठले श्रीलङ्का, टाइवान, जापान, कोरिया र फिलिपिन्स भेटेरिनरी एसोसिएसनको अध्यक्षहरूसँग भेट गरी भेटेरिनरी क्षेत्रका समस्या र एवं अवसरका विषयमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । विश्व भेटेरिनरी एसोसिएसनको आगामी महासभा जापानको टोकियोमा हुनेछ । नेपाल सन् १९९८ देखि विश्व भेटेरिनरी एसोसिएसनको सदस्य राष्ट्र भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द