१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

“विवाह गर्न नमानेको झोँकमा प्रेमिकाको निर्मम हत्या, जंगलमा लठ्ठी प्रहार र सलले घाँटी बाँधी हत्या”

६ श्रावण २०८२, सोमबार १६:३९

काठमाडौँ | रामेछापका एक पुरुषले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । आफूबाट टाढा हुँदै गएपछि प्रेमिकाको हत्याको गरेको ती पुरुषले स्वीकार गरेका छन् ।

रामेछापको मन्थली नगरपालिका-१३ का ३७ वर्षीय सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीको ३२ साउनमा बनेपा नगरपालिका-१३ साँगामा रहेको भगवान थुम्की सामुदायिक वनमा हत्या गरेका हुन् । सन्तोषलाई प्रहरीले पक्राउ गरेको छ ।

 

शर्मिलाको शव आइतबार दिउँसो भगवान थुम्की सामुदायिक जंगलमा कोल्टो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए ।

घलेका अनुसार घुम्न जाऊँ भन्दै जंगल लगेपछि सन्तोषले पहिले मन्दिरमा गाडिएको लठ्ठीले प्रहार गरेका थिए र त्यसपछि कुर्ताको सल घाँटीमा बाँधेर हत्या गरेका थिए।

प्रारम्भिक बयानमा सन्तोषले विवाह गर्न प्रस्ताव गर्दा शर्मिलाले नमानेको र त्यसकै रिसमा हत्या गरेको बताएका छन्।

अनुसन्धानपश्चात् घटनामा संलग्न भएको आरोपमा बनेपा नगरपालिका-१० इँटाभट्टास्थित कोठाबाट सन्तोषलाई प्रहरीले पक्राउ गरेको हो। प्रारम्भिक बयानमा अभियुक्तले प्रेमिकालाई मारेको स्वीकारेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बनेपाबाट डीएसपी रामेश्वर त्वातीको कमान्डमा १५ जनाको टोली र धुलिखेल अस्पतालको फरेन्सिक डाक्टर सहितको टोली खटिई प्रारम्भिक अनुसन्धान गरिएको थियो । मृतकका बुबा कमलबहादुर उप्रेतीले सनाखत गरेका थिए । गत ३२ असारदेखि हराएकी शर्मिलाको सोही दिन हत्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव