२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रसियामा हराएको विमान दुर्घटनाग्रस्त, सबै ५० जना मारिए

९ श्रावण २०८२, बिहीबार १४:४९

काठमाडौँ | करिब ५० जना सवार एउटा एन्टोनोव एएन-२४ यात्रुबाहक विमान दुर्घटनाग्रस्त अवस्थामा फेला गपरेको छ।

बिहीबार उडेको केही समयमा बेपत्ता भएको विमान रूसको सुदूरपूर्वमा दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक जानकारीअनुसार सबै यात्रुको ज्यान गएको रूसी आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन्।

सन् १९७० को दशकको सोभियत युगको झन्डै ५० वर्ष पुरानो उक्त विमानको जलिरहेको मुख्य भाग (फ्युसेलाज) एक हेलिकप्टरबाट जमिनमा देखिएको थियो र उद्धार टोलीहरू तीव्र गतिमा घटनास्थलतर्फ गएका थिए।

सामाजिक सञ्जालमा पोस्ट गरिएको र हेलिकप्टरबाट खिचिएको एक अपुष्ट भिडियोमा विमान बाक्लो जंगल भएको क्षेत्रमा खसेको देखिन्छ।

सन् १९७६ मा बनेको उक्त विमान साइबेरियामा आधारित एङ्गारा एयरलाइन्सले सञ्चालन गरेको थियो। यो विमान ब्लागोभेश्चेन्स्क सहरबाट टिन्डातर्फ जाँदै थियो। चीनसँग सिमाना जोडिएको आमुर क्षेत्रको दुर्गम सहर टिन्डा नजिक पुग्दा रडारबाट विमान बेपेत्ता भएको थियो।

इन्टरफ्याक्स समाचार एजेन्सीले आपतकालीन सेवाका अधिकारीहरूको उद्धरण दिँदै जनाएअनुसार विमानको भग्नावशेष टिन्डाबाट करिब १५ किलोमिटर (१० माइल) टाढा एउटा पहाडमा भेटिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला