२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

१६ वर्षीया किशोरीको गर्भपतनपछि रक्तस्राव: अचेत भएपछि चिकित्सक पक्राउ

२०८२, ९ श्रावण बिहीबार १५:३०

काठमाडौँ | महोत्तरीको बर्दिवासस्थित डी एण्ड बी मेडिकेयर अस्पतालमा कार्यरत चिकित्सक डा. प्रविण मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले उनलाई जबर्जस्ती करणी र गर्भपतनसम्बन्धी मुद्दामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।

सर्लाहीको बलरा घर भई हाल बर्दिवासमा कार्यरत डा. मिश्रले १६ वर्षीया किशोरीको १० हप्ताको गर्भपतन गराउँदा अत्यधिक रक्तस्राव भएर किशोरी अचेत भएपछि अभिभावकले इलाका प्रहरी कार्यालय बर्दिवासमा किटानी जाहेरी दिएका थिए ।

प्रहरीका अनुसार डा. मिश्रले कम उमेरकी किशोरीमाथिको जबर्जस्ती करणीको घटना लुकाउन प्रक्रिया नपुर्‍याई गैरकानुनी रूपमा गर्भपतन गराएको आरोप लागेकाे छ । उनीमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन