२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भिजिट भिसाको नयाँ ‘ट्रान्जिट’ दिल्ली: ४७ महिलाको उद्धार गरि नेपाल फर्काइँदै

९ श्रावण २०८२, बिहीबार १७:३२

काठमाडौँ | काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएपछि मानव तस्करहरूले ‘दिल्ली रुट’ प्रयोग गरेर विदेश पठाउन लागेका ४७ जना नेपाली महिलालाई भारतबाट उद्धार गरिएको छ। बुधबार साँझ दिल्लीस्थित विमानस्थलबाट उनीहरूलाई उद्धार गरी नेपाल ल्याइँदैछ।

सरकारी उच्च स्रोतका अनुसार, भिजिट भिसामा खाडी मुलुक पठाउन लागिएका ती महिलाहरूलाई दिल्लीस्थित नेपाली राजदूतावासको पहलमा उद्धार गरिएको हो। ‘नेपाली महिलाहरूलाई दिल्ली विमानस्थलबाट उद्धार गरिएको छ,’ सरकारी उच्च स्रोतले भन्यो।

उद्धार गरिएका महिलाहरूलाई काठमाडौं नल्याई भैरहवा ल्याइने र त्यहाँस्थित सुरक्षित गृह (सेफ हाउस) मा राखेर मनोपरामर्श (काउन्सिलिङ) दिइने तयारी छ। ‘उनीहरूलाई नेपाल ल्याएर सेफ हाउसमा राखी काउन्सिलिङ गर्छौं,’ स्रोतले भन्यो।

किन प्रयोगमा आयो दिल्ली रुट ?

भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी बढेको गुनासोपछि गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा व्यापक सुधारको कदम चालेको छ।

मन्त्रालयले त्यहाँ कार्यरत पुराना कर्मचारीहरूको ‘सेटिङ’ तोड्न लोकसेवा आयोगबाट हालै सिफारिस भएका ४४ जना नयाँ अधिकृतहरूलाई खटाएको छ।

विमानस्थलमा कडाइ भएपछि ट्राभल एजेन्सीहरूले सेटिङ मिलाएर नेपालीलाई विदेश पठाउन नसक्ने अवस्था आएको छ। यही कारण तस्करहरूले काठमाडौंको सट्टा भारतको दिल्लीलाई नयाँ ‘ट्रान्जिट’ का रूपमा प्रयोग गर्न थालेको यो घटनाले पुष्टि गरेको छ।

यसैगरी, अध्यागमन विभागले विमानस्थलमा सर्भर डाउन भएको बहानामा शंकास्पद गतिविधि हुन नदिन साउन १ गतेदेखि वैकल्पिक ‘डाटा सेन्टर’ समेत स्थापना गरेको छ। यसले गर्दा सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिटी) मा समस्या आए पनि विमानस्थलको सेवा प्रभावित नहुने विभागले जनाएको छ।

गृह मन्त्रालयले विमानस्थलको अध्यागमनमा सुधार ल्याउन ४४ जना नयाँ कर्मचारी खटाएको छ। जसमा अधिकृतहरू अनिल चापागाईं, टामन सिग्देल, दीपेन्द्रप्रसाद आचार्य, रोशन गुरागाईंलगायत छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव