२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२५ करोड विदेशी मुद्राका मालिक ३५ लाख रुपैयाँ धरौटीमा छुटे:फरार रहेकै अवस्थामा,चालक भने थुनामा

२०८२, १० श्रावण शुक्रबार १४:४१
काठमाडौँ | टोखामा समातिएको २५ करोड बराबरको विदेशी मुद्राका मालिक भनिएका व्यक्ति ३५ लाख रुपैयाँ धरौटीमा छुटेको खुलेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ का नारायण पौडेल जिल्ला अदालत काठमाडौंबाट ३५ लाख धरौटीमा छुटेको खुलेको हो।
अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार पौडेल गत असार ३२ गते हाजिर भएका थिए। न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले उक्त घटनामा सुनुवाइ गरी पुर्पक्षको लागि ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। उक्त धरौटी बुझाएर पौडेल रिहा भइसकेका छन्।
गत चैत ४ गते काठमाडौंको टोखाबाट प्रहरीले ट्रक र २५ करोड बराबरको विदेशी मुद्रा बरामद गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झोरबाट नारायणी प्रदेश-७ ख १६५२ नम्बरको ट्रक र चालक कुशाङ लामालाई नियन्त्रणमा लिएको थियो।
गाडीभित्र फल्सबटम बनाएर १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० डलर बरामद भएको थियो। अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको थियो।
राजश्व अनुसन्धान विभागले अनुसन्धान गरी यसमा पक्राउ परेका कुशाङ लामा भरियामात्रै भएको निष्कर्ष निकालेको थियो। उक्त रकमको मालिक भने सिन्धुपाल्चोकका नारायण पौडेल भएको निष्कर्ष निकालेको थियो। पौडेल पक्राउ भने परेनन्। उनी फरार रहेकै अवस्थामा विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।
विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत मुद्दा दायर हुँदा जिल्ला अदालतले कुशाङलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो। कुशाङलाई वैशाख ३ गते न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले थुनामा पठाएको थियो | तर मालिक भनिएका व्यक्ति भने धरौटीमा छुटेका हुन्।
को हुन् नारायण पौडेल?
सिन्धुपाल्चोकका नारायण पौडेल विवादित पृष्ठभूमिका व्यक्ति हुन्। उनका चार दाजुभाइ मध्ये उनी माहिलो हुन्। दाजुभाइहरू राजनीतिक पृष्ठभूमिकै व्यक्तिसमेत रहेको खुलेको छ। जेठो ध्रुव पौडेल नेकपा (एमाले) मा आवद्ध छन्। उनी एक पटक फुल्पिङकट्टीका गाविस अध्यक्षसमेत भएका थिए।
साइलो बच्चु हिमालय सीमा व्यापार संघका पूर्वअध्यक्ष भइसकेका व्यक्ति हुन्। कान्छो राजकुमार पौडेल भोटेकोशी गाउँपालिकाका अध्यक्षसमेत भइसकेका व्यक्ति हुन्। उनी २०७४ मा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष बनेका थिए।
उनले २०७९ को चुनावमा पनि प्रतिस्पर्धा गरेका थिए। तर उनी नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए। एक जना प्रहरी अधिकृतका अनुसार चार जना दाजुभाइकै आपराधिक पृष्ठभूमि देखिन्छ।
‘उनीहरू चारै जनाको पृष्ठभूमि आपराधिक देखिन्छ। रक्तचन्दन, सुन, विदेशी मुद्रा अपचलन (हुण्डी) मा संलग्न भएको देखिएको हो,’ ती अधिकृतले भने, ‘अहिले नाम आएका नारायणको पनि पृष्ठभूमि त्यस्तै खालको हो।’
नारायण यसअघि विदेशी मुद्रा अपचलनकै कसुरमा पक्राउ परी धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण