२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२५ करोड विदेशी मुद्राका मालिक ३५ लाख रुपैयाँ धरौटीमा छुटे:फरार रहेकै अवस्थामा,चालक भने थुनामा

१० श्रावण २०८२, शुक्रबार १४:४१
काठमाडौँ | टोखामा समातिएको २५ करोड बराबरको विदेशी मुद्राका मालिक भनिएका व्यक्ति ३५ लाख रुपैयाँ धरौटीमा छुटेको खुलेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ का नारायण पौडेल जिल्ला अदालत काठमाडौंबाट ३५ लाख धरौटीमा छुटेको खुलेको हो।
अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार पौडेल गत असार ३२ गते हाजिर भएका थिए। न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले उक्त घटनामा सुनुवाइ गरी पुर्पक्षको लागि ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। उक्त धरौटी बुझाएर पौडेल रिहा भइसकेका छन्।
गत चैत ४ गते काठमाडौंको टोखाबाट प्रहरीले ट्रक र २५ करोड बराबरको विदेशी मुद्रा बरामद गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झोरबाट नारायणी प्रदेश-७ ख १६५२ नम्बरको ट्रक र चालक कुशाङ लामालाई नियन्त्रणमा लिएको थियो।
गाडीभित्र फल्सबटम बनाएर १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० डलर बरामद भएको थियो। अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको थियो।
राजश्व अनुसन्धान विभागले अनुसन्धान गरी यसमा पक्राउ परेका कुशाङ लामा भरियामात्रै भएको निष्कर्ष निकालेको थियो। उक्त रकमको मालिक भने सिन्धुपाल्चोकका नारायण पौडेल भएको निष्कर्ष निकालेको थियो। पौडेल पक्राउ भने परेनन्। उनी फरार रहेकै अवस्थामा विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।
विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत मुद्दा दायर हुँदा जिल्ला अदालतले कुशाङलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो। कुशाङलाई वैशाख ३ गते न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले थुनामा पठाएको थियो | तर मालिक भनिएका व्यक्ति भने धरौटीमा छुटेका हुन्।
को हुन् नारायण पौडेल?
सिन्धुपाल्चोकका नारायण पौडेल विवादित पृष्ठभूमिका व्यक्ति हुन्। उनका चार दाजुभाइ मध्ये उनी माहिलो हुन्। दाजुभाइहरू राजनीतिक पृष्ठभूमिकै व्यक्तिसमेत रहेको खुलेको छ। जेठो ध्रुव पौडेल नेकपा (एमाले) मा आवद्ध छन्। उनी एक पटक फुल्पिङकट्टीका गाविस अध्यक्षसमेत भएका थिए।
साइलो बच्चु हिमालय सीमा व्यापार संघका पूर्वअध्यक्ष भइसकेका व्यक्ति हुन्। कान्छो राजकुमार पौडेल भोटेकोशी गाउँपालिकाका अध्यक्षसमेत भइसकेका व्यक्ति हुन्। उनी २०७४ मा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष बनेका थिए।
उनले २०७९ को चुनावमा पनि प्रतिस्पर्धा गरेका थिए। तर उनी नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए। एक जना प्रहरी अधिकृतका अनुसार चार जना दाजुभाइकै आपराधिक पृष्ठभूमि देखिन्छ।
‘उनीहरू चारै जनाको पृष्ठभूमि आपराधिक देखिन्छ। रक्तचन्दन, सुन, विदेशी मुद्रा अपचलन (हुण्डी) मा संलग्न भएको देखिएको हो,’ ती अधिकृतले भने, ‘अहिले नाम आएका नारायणको पनि पृष्ठभूमि त्यस्तै खालको हो।’
नारायण यसअघि विदेशी मुद्रा अपचलनकै कसुरमा पक्राउ परी धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव