काठमाडौँ | भारतको उत्तर प्रदेशस्थित कोतवाली क्षेत्रको बिलरख गाउँमा एक अनौठो घटना सार्वजनिक भएको छ, जहाँ ९० हजार रुपैयाँ खर्च गरेर विवाह गरिएकी बेहुली बिहे भएको तीन दिनमै घरबाट नगद र गरगहना लिएर फरार भएकी छन्। पीडित परिवारका बुबा दयाराम सैनीले प्रहरीमा उजुरी दर्ता गराएका छन् र बेहुली तथा बिचौलियाविरुद्ध कारबाहीको माग गरेका छन्।
भारतको कोतवालीस्थित बिलरख गाउँका बासिन्दा दयाराम सैनीले तीन वर्षअघि कानपुर शहरकी एक महिलासँग आफ्नो छोरा राहुल सैनीको विवाह ९० हजार रुपैयाँ केही मानिसलाई दिएर मिलाएको बताए। राहुलको विवाहबाट परिवार खुसी थियो। विवाहपछि परिवार खुसी थियो र गाउँलेहरू स्वागतका तयारीमा व्यस्त थिए। तर मंगलबार राति बेहुलीले ढोका बाहिरबाट बन्द गरेर घर छाडिन्। बिहान उठ्दा बेहुली हराएको देखेर परिवारमा त्रास फैलियो।
खोजतलासका क्रममा गाउँलेको सहयोगमा खेतमा उनको केही लुगा फेला परेको थियो तर उनी स्वयं भेटिइनन्। घर नजिकको सीसीटीभी फुटेजमा रातिको समयमा बेहुली एक्लै घरबाट निस्किरहेको देखिएको छ। दयारामले उजुरीमा भने अनुसार बेहुली ५० हजार नगदसहित मङ्गलसूत्र, औंठी, पाउलजस्ता ८० हजार रुपैयाँ बराबरका गरगहना लिएर भागेकी हुन्।
उनी केही दिनअगाडि नै बेहुलाका घरमा आएर बसिरहेकी थिइन्, जसबाट परिवारमा विश्वास जागेको थियो। दयारामले बिचौलियामार्फत बेहुली फरार बनाइएको आरोपसमेत लगाएका छन्। घटनाको जानकारी पाउने बित्तिकै डायल प्रहरी टोली घटनास्थलमा पुगेको थियो। कोतवाल राम असारे सरोजले घटनाको पुष्टि गर्दै हाल अनुसन्धान भइरहेको जानकारी दिएका छन्।