२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगन्जमा प्रेमिकाको हत्या : लिभिङ टुगेदरको सम्बन्ध हत्या र आत्मसमर्पणमा टुंगियो

११ श्रावण २०८२, शनिबार १४:३४

काठमाडौँ | बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को बेलासपुरमा एक हृदयविदारक घटनाले समाज, सम्बन्ध र सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले २२ वर्षीया प्रेमिका निर्मला थापाको सलले घाँटी कसी हत्या गरेका हुन्।

प्रकाश विवाहित थिए र उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामा बस्दै आएका छन्। तर पछिल्लो तीन वर्षदेखि उनी दैलेखकी निर्मलासँग नेपालगन्जमा लिभिङ टुगेदरमा थिए।

निर्मला बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। प्रकाश भने स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत थिए। उनीहरू बस्ने डेरामै निर्मलाको हत्या भएको हो।

हत्या पछि प्रकाशले निर्मलाकी बहिनीलाई फोन गरी घटनाको जानकारी दिएका थिए। त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो। उनी फरार हुने प्रयासमा रहे पनि प्रहरीले नेपालगन्जको धम्बोझीबाट उनलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, हत्या गर्नुको कारण अझै स्पष्ट भइसकेको छैन। प्रारम्भिक अनुसन्धानमा मानसिक तनाव, ईर्ष्या, वा पारिवारिक दबाब जस्ता कारणहरू हुन सक्ने अनुमान गरिएको छ। प्रकाशले प्रहरीसमक्ष निर्मलालाई ‘कान्छी श्रीमती’ भनेका छन्, तर कुनै कानुनी मान्यता वा विवाह प्रमाण भने छैन,प्रहरी स्रोतले जानकारी दियो |

बाँके प्रहरीका सूचना अधिकारी डीएसपी दीपक पतालीका अनुसार, प्रकाशविरुद्ध मुलुकी अपराध संहिता अन्तर्गत मुद्दा दर्ता गरिएको छ। शवको पोष्टमार्टम भइसकेको छ र निर्मलाको परिवारले कडा कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव