२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगन्जमा प्रेमिकाको हत्या : लिभिङ टुगेदरको सम्बन्ध हत्या र आत्मसमर्पणमा टुंगियो

२०८२, ११ श्रावण शनिबार १४:३४

काठमाडौँ | बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को बेलासपुरमा एक हृदयविदारक घटनाले समाज, सम्बन्ध र सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले २२ वर्षीया प्रेमिका निर्मला थापाको सलले घाँटी कसी हत्या गरेका हुन्।

प्रकाश विवाहित थिए र उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामा बस्दै आएका छन्। तर पछिल्लो तीन वर्षदेखि उनी दैलेखकी निर्मलासँग नेपालगन्जमा लिभिङ टुगेदरमा थिए।

निर्मला बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। प्रकाश भने स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत थिए। उनीहरू बस्ने डेरामै निर्मलाको हत्या भएको हो।

हत्या पछि प्रकाशले निर्मलाकी बहिनीलाई फोन गरी घटनाको जानकारी दिएका थिए। त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो। उनी फरार हुने प्रयासमा रहे पनि प्रहरीले नेपालगन्जको धम्बोझीबाट उनलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, हत्या गर्नुको कारण अझै स्पष्ट भइसकेको छैन। प्रारम्भिक अनुसन्धानमा मानसिक तनाव, ईर्ष्या, वा पारिवारिक दबाब जस्ता कारणहरू हुन सक्ने अनुमान गरिएको छ। प्रकाशले प्रहरीसमक्ष निर्मलालाई ‘कान्छी श्रीमती’ भनेका छन्, तर कुनै कानुनी मान्यता वा विवाह प्रमाण भने छैन,प्रहरी स्रोतले जानकारी दियो |

बाँके प्रहरीका सूचना अधिकारी डीएसपी दीपक पतालीका अनुसार, प्रकाशविरुद्ध मुलुकी अपराध संहिता अन्तर्गत मुद्दा दर्ता गरिएको छ। शवको पोष्टमार्टम भइसकेको छ र निर्मलाको परिवारले कडा कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन