२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनसेल योजना मार्फत धादिङकी कार्की करोडपति, परिवारमा खुसीको लहर

११ श्रावण २०८२, शनिबार १५:३०

काठमाडौँ | धादिङको गंगाजमुना गाउँपालिका–६, बाँगेपिपलकी पार्वती कार्कीले एनसेलको ‘सधैं अन करोडपति’ योजनामा एक करोड रुपैयाँ बम्पर नगद पुरस्कार जितेकी छिन्।

एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्कीलाई बम्पर पुरस्कार हस्तान्तरण गरे। पुरस्कार थाप्दै कार्कीले भनिन्, “अब भने साँच्चै हाम्रो पनि दिन आयो।”

कार्कीले आठ वर्षअघि लिएको एनसेल सीम प्रयोग गर्दै असारको तेस्रो साता ९९ रुपैयाँको ‘बेसिक रिन्युअल प्याक’ किनेर योजनामा स्वतः सहभागी भएकी थिइन्।

२०७२ को भूकम्पमा उनले एक महिनाका कान्छो छोरा गुमाएकी थिइन् भने नयाँ बनाएको घरसमेत भत्किएको थियो। त्यसपछि उनले ऋण गरेर श्रीमानलाई वैदेशिक रोजगारीमा पठाएकी थिइन्।

महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी कार्कीका श्रीमान हाल बहराइनमा छन् र छोरा काठमाडौंमा अध्ययनरत छन्। उनी केही समय काठमाडौंमा सानो व्यापारमा संलग्न भइन्, तर घाटा भएपछि फेरि श्रीमानलाई विदेश पठाएकी थिइन्।

कार्कीले भने, “अब ऋण तिर्छौं, श्रीमानको स्वास्थ्यको ख्याल राख्दै नेपालमै सँगै बसेर केही उद्यम गर्ने सोच छ। छोराको पढाइमा पनि लगानी गर्छौं।”

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार सञ्चालन गरेको सो योजना १२ हप्ताका लागि थियो, तर पाँचौं हप्तामै साउन १ गतेबाट बन्द गरिएको थियो।

उक्त योजनामा कार्कीले बम्पर पुरस्कार जितेकी हुन् भने अन्य ५० जनाले साप्ताहिक रूपमा जनही १ लाख रुपैयाँ जितेका छन्। हालसम्म ३६ जनालाई पुरस्कार हस्तान्तरण भइसकेको एनसेलले जनाएको छ।

एनसेल अधिकारी कबिरले भने, “पार्वती कार्कीको कथा आशाको कथा हो। उहाँ यो रकम आफ्नै व्यवसाय सुरु गर्न प्रयोग गर्नुहुनेमा हामी विश्वस्त छौं।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला