२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा देवर अपहरणमा परेको’ भन्दै ह्वाट्सएपमार्फत ८० हजारको ठगि

११ श्रावण २०८२, शनिबार १६:३६

काठमाडौँ | काठमाडौँमा एक महिलाबाट साइबर अपहरण शैली अपनाउँदै ८० हजार रुपैयाँ ठगी गरिएको छ। दुबईमा रहेका देवर अपहरणमा परेका छन् भन्दै ह्वाट्सएपमार्फत धम्की दिइ उनलाई रकम पठाउन बाध्य बनाइएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, अपरिचित नम्बरबाट ‘देवरको ज्यान खतरामा छ’ भन्ने त्रास फैलाइ महिलालाई दुईपटकमा रकम पठाउन बाध्य बनाइएको थियो। उनलाई ‘फोन राखे तिम्रो देवर बाँच्दैन’ भन्ने चेतावनी दिइ अरूसँग सल्लाह गर्न पनि नदिइएको थियो।

रकम पठाइसकेपछि देवरसँग सम्पर्क हुँदा आफू ठगिएको थाहा पाएपछि पीडितले उजुरी दिएकी हुन्। प्रहरीका अनुसार यसअघि पनि मोबाइल नियन्त्रणमा लिएर अपहरणको नाटक रचेको उदाहरण देखिएको छ। पछिल्ला घटनाले नेपालमा भर्चुअल अपहरणको जोखिम बढिरहेको संकेत दिएको छ।

पछिल्ला घटनाले नेपालमा ‘भर्चुअल अपहरण’ को जोखिम बढेको देखाएको छ । यसमा अपराधीले भौतिक रूपमा कसैलाई कब्जा नगरी डर, त्रास र भ्रमको सहारामा फिरौती असुल्ने प्रयास गर्छन् । यस घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव