२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सर्पले बालकलाई होइन, बालकले सर्पलाई टोके!डाक्टर पनि परे अचम्ममा

१३ श्रावण २०८२, सोमबार १४:३४

काठमाडौँ | भारतको बिहारमा बिहीबार एक वर्षे बालकले सर्पलाई टोकेर मारेको घटना अहिले संसारभर चर्चा पाएको छ। गोमनको टोकाइबाट मानिसको मृत्यु भएको समाचार आइरहने समयमा बालकको टोकाइबाट गोमनको मृत्युको समाचारले आश्चयर्म पार्नु स्वाभाविक थियो। यस्तै आश्चर्यमा परेका थिए, गोविन्द कुमारको उपचार गर्ने डाक्टर कुमार सौरभ।

सर्प दंशका बिरामी आउने समयमा सर्प टोकेको व्यक्ति आएको उक्त दिनको घटनाको बारेमा शौरभले यसरी वर्णन गरेका छन्।

‘मेरोमा त्यही बेला दुई प्रकारका केस थिए, एक जना बालक जसलाई कोब्राले टोकेको थियो, र अर्को जसले कोब्रालाई टोकेको थियो,’ बेतियाको सरकारी मेडिकल कलेजमा शिशु रोग विभागका सहायक प्राध्यापक सौरभले भने, ‘दुवै जना अहिले पूर्ण रूपमा स्वस्थ छन्।’

बालक अस्पताल आउँदा मुख वरिपरि सुन्निएको अवस्थामा रहेको उनले सुनाए। ‘बालक जब अस्पतालमा भर्ना गरियो, उसको अनुहार विशेष गरी मुख वरिपरि सुन्निएको थियो,’ उनले थपे, ‘परिवारले बताएअनुसार उसले सर्पलाई मुखबाट टोकेको थियो र केही भाग खाएको पनि हुनसक्छ।’

डाक्टर सौरभले कोब्राले मानिसलाई टोकेको अवस्थामा विष रगतमा प्रवेश गर्दै नर्भस सिस्टमलाई असर पार्ने र मृत्युको सम्भावना बढाउने सुनाए। तर मानिसले कोब्रालाई टोक्दा विष मुखबाट पाचन प्रणालीमा जाने सुनाए। ‘तर जब मानिसले कोब्रालाई टोक्छ, विष मुखबाट पाचन प्रणालीमा जान्छ। हाम्रो शरीरले त्यो विषलाई निष्क्रिय पार्छ र त्यो शरीरबाट बाहिर निस्कन्छ,’ उनी बताउँछन्, ‘दुवै अवस्थामा विष काम गर्छ, तर प्रभाव फरक हुन्छ, एकमा नर्भस सिस्टममा असर गर्छ, अर्कामा शरीरले विषलाई निष्क्रिय पार्छ।’

यति हुँदाहुँदै पनि मानिसले सर्प टोक्दा नकारात्मक असर पर्न सक्नेतर्फ उनी थप सचेत गराउँछन्। ‘मानिसले सर्प टोक्दा नकारात्मक असर पनि पर्न सक्छ,’ उनी भन्छन्, ‘विशेष गरी यदि उसको पेट वा आन्द्रामा अल्सरजस्तो रक्तस्राव गर्ने भाग भएमा स्थिति बिग्रन सक्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला