१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपा सांसदहरूलाई रविसँग भेट्न रोक,छुट्टाछुट्टै मात्र भेट्न पाउने अनुमति

१५ श्रावण २०८२, बुधबार १३:१४

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म भैरहवामा हुँदैछ । भैरहवाको होटल रमादामा बैठक बस्न लागेको हो ।

बैठकका लागि कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झालगायत अधिकांश सांसद मंगलबार साँझ भैरहवा पुगेका थिए भने अन्य सांसदहरू बुधबार बिहान आइपुगेका छन् ।

बैठकअघि मंगलबार बिहान नेताहरूले कारागारमा रहेका रवि लामिछानेलाई सामूहिक रूपमा भेट्ने प्रयास गरेका थिए । तर, प्रशासनले अनुमति नदिएपछि कार्यवाहक सभापति अर्याल र सांसद सोविता गौतमले छुट्टाछुट्टै रूपमा लामिछानेसँग भेट गरेका हुन् । भेटमा दलको नेतृत्व, रुपन्देही-३ को उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

रास्वपाको संसदीय दल हाल नेतृत्वविहीन अवस्थामा छ । सांसद पद निलम्बनमा परेका लामिछानेको स्थानमा कार्यवाहक नेता तोकिएको छैन । यद्यपि, उपनेता विराजभक्त श्रेष्ठले संयोजनको जिम्मेवारी लिइरहेका छन् । दलको नेताबारे बैठकमा औपचारिक एजेन्डा नरहेको जनाइएको छ ।

दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण, संसद्मा सरकारको रवैया, विधेयकहरूमाथि पार्टीको धारणा र भ्रष्टाचारका मुद्दामा समीक्षा हुनेछ । बैठकपछि सांसदहरू हस्ताक्षर अभियानमा सहभागी हुनेछन् । पार्टीले रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया पनि अघि बढाइसकेको छ । इच्छुकबाट साउन २१ गतेसम्म आवेदन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली