२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली चिकन मःम र बियरले पायो विश्वप्रसिद्ध ग्रेट टेस्ट अवार्ड २०२५

१६ श्रावण २०८२, बिहीबार १७:०८

काठमाडौँ | लण्डनस्थित ‘नेपाल फुड्स’ को लोकप्रिय नेपाली उत्पादन चिकन मःम र नेपाली बियरले विश्वप्रसिद्ध ग्रेट टेस्ट २०२५ अवार्ड जितेको छ।

गिल्ड अफ फाइन फुडद्वारा आयोजित ग्रेट टेस्ट अवार्डमा विश्वभरका १४,३४० वटा उत्पादनबिच प्रतिस्पर्धा हुँदा ‘नेपाल फुड्स’ को चिकन मःम र नेपाली बियरले १-स्टार ग्रेट टेस्ट अवार्ड प्राप्त गरेको हो।

चिकन मःमको स्वादबारे एक निर्णायकले ‘नेपालमै खाएको मःमको सम्झना दिलाउने अत्यन्तै स्वादिष्ट’ रहेको प्रतिक्रिया दिए। नेपाली बियरलाई ‘हल्का तितो, स्वादिलो र माल्ट-लेड बियर’ भनेर प्रशंसा गरिएको थियो।

ग्रेट टेस्ट अवार्ड गिल्ड अफ फाइन फुडले सञ्चालन गर्ने विश्वकै सबैभन्दा ठुलो, पुरानो र भरपर्दो खाद्य र पेय पदार्थको पुरस्कार हो । यसले उत्कृष्ट स्वाद तथा परिकारलाई पहिलो प्राथमिकता दिन्छ। सबै प्रतियोगितात्मक वस्तुहरूलाई ब्लाइन्ड टेस्ट अर्थात् बिना नाम वा प्याकेजिङमा परीक्षण गरिन्छ।

सन् २०२५ मा ५०० भन्दा बढी निर्णायकले ११० दिनसम्मको मूल्याङ्कन प्रक्रियामा सहभागी भएर १-स्टार, २-स्टार र ३-स्टार अवार्ड प्रदान गरेका थिए। ग्रेट टेस्ट अवार्डले पुरस्कार प्राप्त उत्पादनलाई तीन वर्षसम्म मान्यता दिन्छ र त्यो अवार्ड सम्बन्धित उत्पादनमा मात्र प्रयोग गर्न पाइन्छ।

उक्त अवार्ड प्राप्त गरेपछि नेपाल फुड्सका प्रमुख विकास नेपाल भन्छन्, ‘हाम्रो चिकन मःम र नेपाली बियरले ग्रेट टेस्ट अवार्ड प्राप्त गर्नु नेपाली मौलिक स्वाद विश्वसामु चिनाउने महत्त्वपूर्ण अवसर हो। यो हाम्रो मःमको दोस्रो अवार्ड हो। नेपालमा मःम दाल-भातपछि सबैभन्दा बढी खाइने खाना हो र यसले अन्तर्राष्ट्रिय मान्यता पाउनु हाम्रो सपना हो।’

‘सन् २०२४ अप्रिलबाट सुरु गरिएको हाम्रो नेपाली बियरले छोटो समयमा विभिन्न समुदायमा लोकप्रियता कमाएको छ। नेपाल फुड्सले उत्पादन गरिरहेको नेपाली बियर हाल युके, पोर्चुगल, जापानलगायत युरोपका विभिन्न देशमा उपलब्ध छ’, उनले भने ।

२०१८ मा बेलायतबाट सुरु गरिएको ब्रान्ड नेपाल फुड्सले यस वर्ष विश्वका शीर्ष खाद्य र पेय उत्पादकहरूको सूचीमा स्थान कायम गरेर चिकन मोमो र नेपाली बियरले १-स्टार ग्रेट टेस्ट अवार्ड जितेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला