२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

६ महिना २० जना पुरुषसँग डेट, २० आइफोन!-आइफोनबाट घर किनिन् यी महिलाले

१६ श्रावण २०८२, बिहीबार १७:४४

काठमाडौँ | चीनमा एकजना महिलाले ६ महिना भित्रमा २० जना पुरुषसँग डेट गरिन् । ती सबैसँगबाट उनले उपहारमा आइफोन मागिन् । अनि ब्वाइफ्रेण्डहरूले दिएका ती सबै आइफोन बिक्री गरिन् । आइफोन बिक्रीबाट प्राप्त भएको रकमबाट उनले आफ्ना लागि एउटा घर खरिद गरेकी छिन् । यो अनौठो लाग्ने रोचक कहानी एउटा पछिल्लो भाइरल काण्डको खुलासा पश्चात् निकै चर्चामा छ । चिनियाँ सोसल मिडियामा यस विषयमा ठूलै बहस भइरहेको छ ।

 

साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनमा हालै क्रस-ड्रेसिङ्ग स्क्याम नामक काण्डको खुलासा पछि सन् २०१६ को ती महिलाको अर्को काण्डले पुन: चर्चा पाएको हो । पछिल्लो क्रस-ड्रेसिङ्ग काण्डमा एकजना मानिस महिला बनेर धाराबाहिक रुपमा पुरुषहरुसँग डेट गर्दछ अनि उनीहरुको पैसा ठग्दछ । सो व्यक्ति सिस्टर हंगको नामबाट चीनमा भाईरल बनिरहेको छ । सिस्टर हंगको काण्डले चीनमा मानिसहरुको ध्यान ती महिला संलग्न एउटा पूरानो घटनातर्फ खिँचेको छ ।

 

सिस्टर हंगको काण्डसँगै चर्चामा आयो यी महिलाको कहानी

सिस्टर हंगको जस्तै, अझ धेरै अचम्ममा पार्ने अर्को काण्ड चीनमा करिब ९ वर्षअघि भएको थियो। जसमा एकजना महिलाले केही पुरुषहरुसँग डेट गरेर उनीहरुबाट महँगो आइफोन गिफ्टमा लिन्छिन् । अनि ती सप्पै आइफोन बिक्री गरेर प्राप्त भएको रकमबाट घर खरिद गर्छिन् । सिस्टर हंगको काण्ड हालै सार्वजनिक भएपछि मानिसहरुले ९ वर्ष पूरानो उक्त घटनाको स्मरण गरिरहेका छन् र ती महिलालाई सिस्टर हंगको पनि गुरु भनिरहेका छन् ।

प्रेमको जालमा फसाएर आइफोन प्राप्ति

 

यो कहानी मानिसहरुलाई निकै रोचक लागिरहेको छ । किनकि ती महिलाले मात्र ६ महिनामा २० जना पुरुषसँग डेटिङ गएर उनीहरुबाट उपहारमा आइफोन हात पारेकी थिइन् । त्यसपछि उनले सबै आइफोन बिक्री गरेर १७ हजार डलर बराबरको रकम जम्मा गरिन् र त्यसबाट आफ्नै फ्लाट खरिद गर्न बैना भुक्तानी गरिन् ।

समाचार अनुसार नाम गोप्य राखिएकी ती महिला सेन्जेनस्थित एक कम्पनीमा निकै कम तलबमा कनिष्ठ सहायक कर्मचारीको रुपमा काम गर्दथिन् । उनले जब आफूले आफ्नै गृहनगरमा फ्लाट खरिद गरेको कुरा सोसल मिडियाबाट खुलासा गरिन्, तब उनलाई चिन्ने मानिसहरु तिनछक परे ।

यसरी पत्ता लाग्यो कर्तुत

तत् पश्चात् केही समयभित्रै उनका सहकर्मीहरुले ती महिलाको कर्तूत पत्ता लगाए । उनले ६ महिनाभित्रमा २० जना पुरुषसँग डेट गरेको खुलासा भयो । आफूले डेट गरेका एकपछि अर्को पुरुषसँग उनले आइफोन उपहार मागिन् र सबैसँगबाट गरी २० वटा आइफोन हात पारिन् । उनले ती फोनहरु अनलाइनमा बिक्री गरेकी थिइन् । विद्युतीय उपकरणको व्यापार गर्ने प्लाटफर्ममा काम गर्ने एक कर्मचारीले ती महिलासँग फोन खरिद गरेको पुष्टि गरेका छन् ।

उनका अनुसार ती महिलासँग बिक्रीका लागि २० वटा नयाँ आइफोन ७ उपलब्ध थिए । ९ वर्षअघि आइफोन ७ भनेको निकै नयाँ मोडेलको फोन थियो । ती आइफोनमध्ये अधिकांस प्याकेट नै नखोलिएका वा पूर्णत: नयाँ हालतका फोन थिए । ती सबै फोन करीब ६ हजार युआन मूल्यमा बिक्री भए । अर्थात् उनले फोन बिक्रीबाट १ लाख २० हजार युआन भन्दा धेरै रकम हात पारेकी थिइन्, जुन फ्लाट खरिदका लािग पर्याप्त थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला