२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उड्नलागेको जहाजभित्रै यात्रुले यात्रुलाई थप्पड हानेपछि भाइरल भयो भिडियो (भिडियोसहित )

१८ श्रावण २०८२, शनिबार १६:२५

भारतमा उडानका क्रममा जहाजभित्रै एक यात्रुले सँगै बसेका अर्का यात्रुलाई थप्पड हानेका छन्। मुम्बईबाट कोलकाता उडेको इन्डिगो एयरलाइन्सको फ्लाइट ६ ई१३८ मा एक यात्रुले छेउमा बसेका यात्रुमाथि थप्पड हानेका हुन्। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।

थप्पड खाने व्यक्ति असमको कछार जिल्लाको काटिगोरा क्षेत्रअन्तर्गत लाथिमारा गाउँका ३२ वर्षीय हुसैन अहमद मजूमदार भएको खुलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटना बिहीबारको हो।

जहाज उड्न थालेपछि हुसैन आँत्तिएका थिए। उनलाई ‘प्यानिक अट्याक’ आएको बिबिसीले जनाएको छ। त्यसपछि उनी अकास्मात सिटबाट उठेका थिए। उनी त्यहाँबाट आफूलाई बाहिर जान दिन अनुरोध गर्दै सिट छाडेर बाहिरिन खोजेका थिए। त्यसपछि वरपरका सिटमा रहेका यात्रु र जहाजको क्याबिन क्रूका सदस्यहरूले हुसैनलाई सम्हाल्ने प्रयत्न गरेका थिए।

 

 

https://x.com/RanaAyyub/status/1951318633004609586

सिट छाडेर बाहिर निस्केका हुसैनलाई अन्यले सम्हाल्ने कोसिस गरिरहँदा सँगैको बसेका एक पुरूषले भने उनलाई थप्पड हानेका थिए। ती व्यक्तिले थप्पड हानेको भिडिओ जहाजमै भएका अरू मानिसहरूले खिचेर सार्वजनिक गरेका थिए।

 

थप्पड हानेका व्यक्तिलाई क्याबिन क्रू का सदस्य र यात्रुहरूले गाली गर्दै किन हानेको भनेर सोधेका थिए। ‘यो मान्छेले गर्दा हामीलाई समस्या भयो,’ जबाफमा ती व्यक्तिले भनेका थिए। त्यसपछि थप्पड हानेर गलत गरेको भनेर अरू यात्रुहरू ती व्यक्तिमाथि खनिएका थिए। थप्पड खाएपछि हुसैन अझै आँत्तिएर रून थालेको दृश्य भिडिओमा देखिन्छ।

जहाज कोलकाता अवतरण गर्नासाथ थप्पड हानेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि विमानस्थल कार्यालयमा बुझाइएको थियो। इन्डिगो एयरलाइन्सले पनि घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै आवश्यक कारबाही गर्ने भनेको थियो। उनीमाथि उडान प्रतिबन्ध लाग्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। थप्पड हान्ने व्यक्तिको नाम भने सञ्चारमाध्यहरुले पनि गोप्य राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला