२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पका सहयोगीले भने – भारतले रूस-युक्रेन युद्धमा आर्थिक सहयोग गरिरहेको छ

२० श्रावण २०८२, सोमबार १२:३६

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक शीर्ष सहयोगीले भारतले रूस-युक्रेन युद्धमा आर्थिक सहयोग गरिरहेको आरोप लगाएका छन् ।

ट्रम्पका सहयोगी तथा वरिष्ठ सल्लाहकार स्टेफन मिलरले फक्स न्युजको ‘सन्डे मर्निङ फ्युचर्स’ कार्यक्रममा भारतमाथि रूसबाट तेल किनेर युक्रेन युद्धमा अप्रत्यक्ष रूपमा आर्थिक सहयोग गरिरहेको गम्भीर आरोप लगाएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मिलरले भने, “भारतले अझै पनि रूसबाट तेल किनिरहनु स्वीकार्य होइन। यो कार्यले रूसको युद्ध खर्चलाई सघाइरहेको छ भन्ने ट्रम्पले स्पष्ट रूपमा बताएका छन्।”

मिलरले भारतमाथि ट्रम्प प्रशासनबाट आएको यो आलोचना अहिलेसम्मकै तीव्र र प्रत्यक्ष रहेको बताए। उनले अगाडि थपे, “धेरैलाई थाहा नहुन सक्छ, तर भारत र चीन दुवैले लगभग समान मात्रामा रूसबाट तेल खरीद गर्दै आएका छन्। यो तथ्य नै अचम्मलाग्दो छ।”

भारतीय दूतावासले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। तर रोयटर्सलाई भारतीय सरकारी स्रोतहरूले शनिबार जानकारी दिँदै भनेका छन् कि अमेरिकी दबाबका बाबजुद पनि भारतले रूसबाट तेल खरीद जारी राख्नेछ।

भारतले रूसबाट सैन्य उपकरण र ऊर्जा स्रोतहरू खरीद गरिरहेकाले अमेरिकाले शुक्रबारदेखि भारतीय सामानमा २५ प्रतिशत भन्सार शुल्क लागू गरिसकेको छ। रूसले युक्रेनसँग महत्वपूर्ण शान्ति सम्झौता नगरेसम्म अन्य रूसी तेल खरीद गर्ने देशहरूका वस्तुमा १०० प्रतिशत शुल्क लगाउने ट्रम्पले चेतावनी दिएका छन्।

यद्यपि, मिलरले ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्बन्धलाई ‘उत्कृष्ट’ भन्दै आलोचनालाई केही सन्तुलित बनाउने प्रयास गरे। “ट्रम्प र मोदीबीचको सम्बन्ध अत्यन्तै राम्रो छ,” उनले भने।

अहिलेसम्म भारतले रूससँगको ऊर्जा सम्बन्धलाई आफ्नो राष्ट्रिय हितका रूपमा हेर्दै आएको छ। तर ट्रम्प प्रशासनको यस्तो बयानले भारत-अमेरिका सम्बन्धमा नयाँ तनाव सिर्जना गर्न सक्ने विश्लेषकहरूले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला