२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘द भ्वाइस किड्स नेपाल’को फिनालेमा सिक्किमका प्रतिस्पर्धीलाई जिताउन मुख्यमन्त्रीको आग्रह

२० श्रावण २०८२, सोमबार १७:३४

काठमाडौँ | सिक्किमका मुख्यमन्त्री प्रेम तामाङले ‘भ्वाइस किड्स’ सिजन ४ का फाइनलिस्ट आयन राईलाई जिताउन आग्रह गरेका छन् । सामाजिक संजालमार्फत शुभकामना दिँदै उनले फिनालेमा विजयी गराउन आग्रह गरेका हुन् । आयनलाई जिताउन आफ्नो साथ हुने मुख्यमन्त्री तामाङले जनाएका छन् ।

 

मुख्यमन्त्रीलाई भेट्न आयनका बुवा मणिकुमार राई पुगेका थिए । त्यसपछि उनीसँगको फोटो सेयर गर्दै मुख्यमन्त्रीले आयनलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

मुख्यमन्त्री तामाङले लेखेका छन्, ‘आज मैले आयन राईका पिता मणिकुमार राईलाई भेटेँ । उनका छोरा आयनले ‘द भ्वाइस किड्स नेपाल’को फिनालेमा पुगेर हामी सबैलाई गर्व गर्न योग्य बनाएका छन् । मैले उनको प्रयासलाई समर्थन गर्दै भविष्यको सांगीतिक यात्राका लागि हार्दिक शुभकामना व्यक्त गरेँ । उनले निरन्तर सफलता हासिल गर्दै आफ्नो प्रतिभाबाट धेरैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’

 

उनी लेख्छन्, ‘म सबैमा आग्रह गर्दछु कि आयन राईलाई फिनालेमा भोट गरौं र उनको विजय सुनिश्चित गरौं ।’ आर्यनले कोच मिलन नेवारको समूहबाट भ्वाइस किड्सको चौंथो सिजनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

फिनाले आउँदो शनिबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…