२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘द भ्वाइस किड्स नेपाल’को फिनालेमा सिक्किमका प्रतिस्पर्धीलाई जिताउन मुख्यमन्त्रीको आग्रह

२०८२, २० श्रावण सोमबार १७:३४

काठमाडौँ | सिक्किमका मुख्यमन्त्री प्रेम तामाङले ‘भ्वाइस किड्स’ सिजन ४ का फाइनलिस्ट आयन राईलाई जिताउन आग्रह गरेका छन् । सामाजिक संजालमार्फत शुभकामना दिँदै उनले फिनालेमा विजयी गराउन आग्रह गरेका हुन् । आयनलाई जिताउन आफ्नो साथ हुने मुख्यमन्त्री तामाङले जनाएका छन् ।

 

मुख्यमन्त्रीलाई भेट्न आयनका बुवा मणिकुमार राई पुगेका थिए । त्यसपछि उनीसँगको फोटो सेयर गर्दै मुख्यमन्त्रीले आयनलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

मुख्यमन्त्री तामाङले लेखेका छन्, ‘आज मैले आयन राईका पिता मणिकुमार राईलाई भेटेँ । उनका छोरा आयनले ‘द भ्वाइस किड्स नेपाल’को फिनालेमा पुगेर हामी सबैलाई गर्व गर्न योग्य बनाएका छन् । मैले उनको प्रयासलाई समर्थन गर्दै भविष्यको सांगीतिक यात्राका लागि हार्दिक शुभकामना व्यक्त गरेँ । उनले निरन्तर सफलता हासिल गर्दै आफ्नो प्रतिभाबाट धेरैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’

 

उनी लेख्छन्, ‘म सबैमा आग्रह गर्दछु कि आयन राईलाई फिनालेमा भोट गरौं र उनको विजय सुनिश्चित गरौं ।’ आर्यनले कोच मिलन नेवारको समूहबाट भ्वाइस किड्सको चौंथो सिजनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

फिनाले आउँदो शनिबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश