२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

लोडसेडिङ सूचना सार्वजनिक गर्ने कर्मचारी ‘लखेटिए’

२२ श्रावण २०८२, बुधबार १३:५५

काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले ‘लोडसेडिङ’को तालिका सार्वजनिक गर्ने कर्मचारीलाई विभागीय कारवाही गरेको छ । चितवनस्थित चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठलाई नवलपरासीको कावासोती वितरण केन्द्रमा सरुवा गरिएको हो ।

श्रेष्ठले साउन १० चितवनका विभिन्न ठाउँमा ‘सिस्टम अपग्रेड’ गर्न लागिएको र विद्युत आपूर्ति रोकिने जानकारी गराउँदै एक सूचना जारी गरेका थिए । तर उक्त सूचना ‘लोडसेडिङ’ तालिकाको रुपमा प्रचारित भयाे ।

‘लोडसेडिङ’कै झल्को दिनेगरी सूचना सार्वजनिक भएको दुई दिनपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वमं चनौली पुगेका थिए । त्यतिबेला वितरण केन्द्र प्रमुख श्रेष्ठले शाक्यसँग भेट गर्ने कुनै रुची देखाएनन् ।

वितरण केन्द्रका अन्य इन्जिनियरहरुले शाक्यलाई सिस्टम अवलोकन गराएका थिए । त्यतिबेलै कार्यकारी निर्देशकको कर्के नजरमा परेका श्रेष्ठ अन्तत: सरूवामा परेका हुन् ।

कर्मचारी सरुवा कार्यालयको नियमित विषय भए पनि श्रेष्ठको हकमा भने एमडी सन्तुष्ट नभएकै कारण यो निर्णय लिइएको त्यहाँका एक कर्मचारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला