२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्प–पुटिन अलास्का भेट्दै: युक्रेन संकटमा भूभाग साटासाटको खेल?

२८ श्रावण २०८२, मंगलवार ११:४५

आगामी शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्का राज्यमा एक महत्वपूर्ण शिखर बैठक हुँदैछ। पुटिन १० वर्षपछि अमेरिका जाँदैछन् । सन् २०१५ पछि रुसी राष्ट्रपतिको यो पहिलो अमेरिका भ्रमण हो।

रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले ऐतिहासिक रूपमा रुसको अधीनमा रहेको अलास्कालाई बैठकको स्थान बनाउनु उपयुक्त रहेको बताएका छन्। अलास्काका राज्य प्रमुख माइक डनलीभीले पनि राष्ट्रिय सुरक्षा, ऊर्जा स्रोत र आर्कटिक रणनीतिमा यस क्षेत्रको महत्वलाई ध्यानमा राख्दै यस्तो अन्तर्राष्ट्रिय बैठक आयोजना गर्नु उचित रहेको धारणा व्यक्त गरे।

बैठकको मुख्य एजेण्डा युक्रेन संकटको दिगो र स्थायी समाधान खोज्नु हुने अपेक्षा गरिएको छ। राष्ट्रपति ट्रम्पले केही भूभाग साटासाटको सम्भावनाबारे संकेत गरेका छन् भने रुसका विदेशमन्त्रीले युद्ध अन्त्यका लागि दुवै पक्षबीच समझदारी आवश्यक रहेको बताएका छन्।

यसबाहेक, प्राकृतिक स्रोतले धनी अलास्का र आर्कटिक क्षेत्रमा वातावरण संरक्षण, पूर्वाधार र ऊर्जा विकास मा दुई देशबीच सहकार्यको अवसरबारे पनि छलफल हुने रुसी लगानी प्रमुख किरिल दिमित्रिएवले जानकारी दिएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीको बैठकमा सहभागिताको सम्भावना अझै अनिश्चित छ। राष्ट्रपति ट्रम्पले पुटिनसँगको भेटका लागि उनको उपस्थिति आवश्यक नरहेको बताएका छन्। यद्यपि, राष्ट्रपति जेलेन्स्कीले भने कुनै पनि शान्ति सम्झौतामा युक्रेनको पूर्ण सहभागिता नभएसम्म गरिने निर्णयहरू बाधक हुने स्पष्ट रूपमा बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला