२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

आफ्नो घरमा डेरा गरी बस्ने ७ वर्षीया नाबालिकामाथि जबरजस्ती,अधवैंसे पुरुष पक्राउ

२०८२, २८ श्रावण मंगलवार १७:१०

काठमाडौँ | उदयपुर प्रहरीले नाबालिका तथा बालिकामाथि भएको जबरजस्ती करणीको दुई छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा एक अधवैंसे पुरुष र एक युवालाई पक्राउ गरेको छ।

७ वर्षीया नाबालिका र १६ वर्षीया बालिकामाथि भएको जघन्य अपराधमा संलग्न दुवै आरोपी घटनालगत्तै फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, साउन २२ गते १६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा त्रियुगा नगरपालिका-११, साकेला टोलका २२ वर्षीय सागर परियारलाई सोमबार पक्राउ गरिएको हो।

पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले उनको खोजी कार्य सुरु गरेको थियो। घटनापछि फरार रहेका परियारलाई घरमै लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, अर्को एक दर्दनाक घटनामा ७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा त्रियुगा नगरपालिका-११, बरुवाटारका ४५ वर्षीय शुभराज राई पक्राउ परेका छन्।

राईले साउन १४ गते मध्यराति आफ्नो घरमा डेरा गरी बस्ने परिवारकी ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। घटना सार्वजनिक भएपछि उनी पनि फरार भएका थिए।

जिल्ला प्रहरी प्रवक्ता, डीएसपी केदारमान दोङका अनुसार, पीडित परिवारको उजुरीपछि खोजतलास गर्ने क्रममा तीन दिनअघि राईलाई पनि उनको घरबाटै पक्राउ गरिएको हो।

डीएसपी दोङले दुवै आरोपीलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन