२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

चोरीको बाइक मामाघरमा लुकेको अवस्थामा भेटिँदा प्रहरी चकित

२८ श्रावण २०८२, मंगलवार १७:५०

पाँचथरको फिदिमदेखि १० दिन अघि चोरी भएको मोटरसाइकल तेह्रथुमबाट बरामद भएको छ । चोरीमा संलग्न भएको आरोपमा धनकुटाका एक र पाँचथरका दुई गरेर तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सुरुमा दुई युवकले पाँचथरबाट चोरेर तेह्रथुम पुर्‍याउँदा बिग्रिएको मोटरसाइकल अर्कैले चोरेर मामाघरमा लगेर लुकाएको खुलेको छ । अनुसन्धानका क्रममा प्रहरीले चोरीमा संलग्न धनकुटाका एक युवकसहित तेह्रथुमबाट मोटरसाइकल बरामद गरेको छ ।

फिदिम बजारका कमल घिमिरेको नाममा दर्ता रहेको प्र. १-०३-००१ प-०७११ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल डिभिजन वन कार्यालयको गेट अगाडि पार्किङमा राखिएको स्थानबाट साउन १६ गते राति हराएको थियो । पीडितले जाहेरी दिएसँगै खोजी कार्यमा जुटेको प्रहरीले निकै लामो कसरतपछि मोटरसाइकल फेला पारेको हो ।

 

अनुसन्धानका क्रममा प्रहरीले २२० सिसी क्षमताका ८८ वटा पल्सर मोटरसाइकललाई प्रत्यक्ष निगरानीमा राखेर अनुसन्धान गरेको थियो । सिसी टिभि फुटेजका आधारमा चोरीमा संलग्न शङ्कास्पद व्यक्तिको खोजी भइरहेका बेला वैवाहिक बलात्कार मुद्दामा फिदिम ४ का करण मगर पक्राउ परेपछि मोटरसाइकल चोरी मुद्दामा अनुसन्धान गर्न प्रमाण भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख(डिएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिनुभयो । प्रहरीले करण मगरपछि हिलिहाङ गाउँपालिका-७ का सन्दीप लावतीलाई पक्राउ गरेको थियो ।

उनीहरु दुवैले मोटरसाइकल चोरी गरी तमोर करिडोर हुँदै नाँवा खोलाको झोलुङ्गे पुल पार गरेर लैजाने क्रममा बिग्रिएपछि बाटोमै छोडेको बयान दिएका थिए । उनीहरुको बयान अनुसार घटनास्थलमा प्रहरी पुग्दा मोटरसाइकल भेटिएन । स्थानीय सूचनाका आधारमा पुनः प्रहरी परिचालन हुँदा धनकुटा चौबिसेका कुमार तामाङले उक्त बिग्रिएको मोटरसाइकल चोरी गरी तेह्रथुमस्थित आफ्नो मामाघरमा लुकाएको अवस्थामा भेटिएको हो ।

प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर मोटरसाइकलसहित फिदिम ल्याएको छ । डिएसपी बुढाथोकीका अनुसार घटनामा संलग्न सबैको पहिचान भइसकेकाले मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला