२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसमा १२ सांसदको अभाव, दल नेता परिवर्तनको हल्ला ओलीले उडाए हाँसो

२९ श्रावण २०८२, बुधबार १३:२९

काठमाडौँ | प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस संसदीय दल नेता परिवर्तन गर्न १२ जना सांसद नपुगेको भनेर एक जनाले आफूलाई सुनाएको बताएका छन्।

यस्तो कुरा बताउने पात्र परिवर्तन भइराख्ने उल्लेख गर्दै ओलीले कांग्रेस दल नेता फेरिने सम्भावना नदेखिएको बताए।

प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्। २०७९ पुस ६ गते भएको संसदीय दल निर्वाचनमा दल नेता पदमा सभापति शेरबहादुर देउवाका पक्षमा ६४ र महामन्त्री गगन थापाका पक्षमा २५ मत आएको थियो।

‘मंगलबार बिहान आएर मलाई एक जनाले भन्यो; नेपाली कांग्रेसभित्र एकदम ठूलो समस्या हुने भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन। १२ जना पुर्‍याएर ढाल्ने भए भनेर सुनाएको थियो, यो कथा कति सुन्नु, कान टट्याइसक्यो। यो कथा हो, यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर सरकार भएको बताए। काठमाडौंमा मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै उनले सरकार कुन बेला ढल्छ भन्ने नसोचि काम गर्न निर्देशन दिए।

विगतमा कहिले सरकार ढल्ने भन्ने चिन्ता हुने गरे पनि यो सरकार ०८४ सम्मै जाने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला