२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसमा १२ सांसदको अभाव, दल नेता परिवर्तनको हल्ला ओलीले उडाए हाँसो

२०८२, २९ श्रावण बुधबार १३:२९

काठमाडौँ | प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस संसदीय दल नेता परिवर्तन गर्न १२ जना सांसद नपुगेको भनेर एक जनाले आफूलाई सुनाएको बताएका छन्।

यस्तो कुरा बताउने पात्र परिवर्तन भइराख्ने उल्लेख गर्दै ओलीले कांग्रेस दल नेता फेरिने सम्भावना नदेखिएको बताए।

प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्। २०७९ पुस ६ गते भएको संसदीय दल निर्वाचनमा दल नेता पदमा सभापति शेरबहादुर देउवाका पक्षमा ६४ र महामन्त्री गगन थापाका पक्षमा २५ मत आएको थियो।

‘मंगलबार बिहान आएर मलाई एक जनाले भन्यो; नेपाली कांग्रेसभित्र एकदम ठूलो समस्या हुने भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन। १२ जना पुर्‍याएर ढाल्ने भए भनेर सुनाएको थियो, यो कथा कति सुन्नु, कान टट्याइसक्यो। यो कथा हो, यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर सरकार भएको बताए। काठमाडौंमा मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै उनले सरकार कुन बेला ढल्छ भन्ने नसोचि काम गर्न निर्देशन दिए।

विगतमा कहिले सरकार ढल्ने भन्ने चिन्ता हुने गरे पनि यो सरकार ०८४ सम्मै जाने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा