२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

प्रसूती पीडामा रहेकी महिलामाथि खुँडासहित धावा, स्वास्थ्य चौकीमा तोडफोड

३० श्रावण २०८२, बिहीबार १८:०५

काठमाडौँ | रुकुम पश्चिमको घेत्मा स्वास्थ्य चौकीको बर्थिङ् सेन्टरमा खुँडा लिएर गएका एक व्यक्तिले स्वास्थ्य चौकीभित्र तोडफोड गरेका छन्। आठबिसकोट नगरपालिका–१४ मा रहेको घेत्मा स्वास्थ्य चौकीमा तोडफोड गर्ने स्थानीय २४ वर्षीय तिलक मल्ललाई प्रहरीले पक्राउ गरेको छ।

गत सोमबार राति ११ बजे प्रसव पीडामा रहेकी एक महिलामाथि आक्रमण गर्न गएका मल्ललाई हाल जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा थुनामा राखिएको छ। स्वास्थ्य चौकी नजिक पसल चलाउँदै आएका उनी मादक पदार्थ सेवन गरेर खुँडासहित अस्पताल प्रवेश गरेर विध्वंश मच्चाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार मल्लमाथि आपधारिक उपद्रवमा अनुसन्धान भइरहेको छ। ‘मल्लमाथि अनुसन्धान हुँदैछ, उनी मादक पदार्थ सेवन गरेर गएको देखिन्छ। के कारणले स्वास्थ्य चौकीमा गएको भन्ने कारण खुलेको छैन’ उनले भने।

डीएसपी विष्टका अनुसार मल्लले स्वास्थ्य कार्यालयमा तोडफोड गर्नुका साथै चौकीको गेटदेखि गाडीमासमेत तोडफोड गरेका छन्। स्वास्थ्य चौकी प्रमुख डा. देवचन्द्र ठकुरीले प्रसव पीडामा रहेकी महिलाको प्रसूती गराउने तयारी भइरहेको समयमा ती युवक अस्पतालमा प्रवेश गरेको जनाए।

‘रातको ११ बजेको थियो। एक जना पुरुष गाली गर्दै बर्थिङ् सेन्टरमा प्रवेश गरेका थिए’ उनले भने, ‘मैले सम्झाएर पठाउन खोजेको थिएँ। फेरि खुँडा लिएर आए।’

प्रमुख चन्दका अनुसार उनले स्वास्थ्य चौकीका कर्मचारीलाई अपशब्द, अपच्य शब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिन थाले। स्वास्थ्य चौकी तोडफोड गर्न थाले, प्रसुती गराइरहेको महिलालाई रिफर गर्नुपरे आवश्यक पर्ने गाडी समेत तोडफोड गर्न थालेपछि उनको परिवारलाई बोलाएको चन्दले जानकारी दिए। पछि परिवारका सदस्यले खुँडा समातेर उनलाई लिएर गएका थिए।

स्वास्थ्य चौकीमा तोडफोड र ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएको डा. ठकुरी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने