२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

जेलको बाथरूममै कैदीको मृत्यु:हृदयघात वा अन्य कारण?

२०८२, ३२ श्रावण शनिबार १३:५६

काठमाडौँ । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । आज शनिबार बिहान पौने ६ बजेको समयमा एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले बताए ।

आजलाई ६ : ५५ मिनेटमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जेलर पौडेलले बताए ।उनकाअनुसार दुलालको मृत्युको कारण खुलिसकेको छैन । अस्पतालमा शवको पोष्टमार्टम हुन लागेकाले त्यसपछि मात्रै कारण पत्ता लाग्ने उनको भनाइ छ ।

५०० जनाभन्दा बढी कैदीबन्दी राखिएको कारागारको `क´ ब्लकमा बस्दै आएका मृतक दुलाललाई बिहान ५:४० मा श्वासप्रश्वासमा समस्या आएको थियो । तत्काल उनलाई कारागारको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचार गरेपछि सामन्य सुधार देखिएको जेलर पौडेल बताउँछन् ।

सुधार भएपछि उनी नुहाउन भनेर ५ : ५० बजे बाथरूम गएका थिए । त्यसको एक मिनेटमै गम्भीर भएका थिए । बाथरूममै लडेरका दुलाललाई अचेत अवस्थामै हेटौंडा अस्पताल पठाइएको कारागारका प्रशासक पौडेलले बताए । `हामीले तत्कालै प्राथमिक उपचार गरेका हौं । बाथरूममा लडेपछि हेटौंडा अस्पताल लग्यौं । हिजो बेलुका पनि कैदीबन्दीको स्वास्थ्य अवस्थाको चेकजाँच र त्यहाँको समग्र अवस्थाबारे निरीक्षण गरेका थियौं । सबै ठिकठाक थियो,आज बिहानै यो घटना भएको हो´, उनले भने ।

मृतक दुलाल चितवन जिल्ला अदालतबाट १० माघ २०७८ मा जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भएर १० वर्ष कैद सजाय भोगी रहेका थिए । उनी भीमफेदी कारागारमा १३ साउन २०७९ मा आएको जेलर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै