१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जनकपुरधामसहित धनुषाको जनजीवन सामान्य हुँदै

२८ भाद्र २०८२, शनिबार १२:३३

काठमाडौँ | जेनजीको प्रदर्शन तथा आन्दोलनका कारण तनावग्रस्त रहेको मधेस प्रदेशको राजधानी जनकपुरसहित धनुषाको जनजीवन सामान्य बन्दै गएको छ । साथै सुरक्षा व्यवस्थामा क्रमिक सुधार हुँदै गएको छ ।

आजदेखि जनकपुरधामको बजारका पसल खुल्न थालेका छन् । साथै बजारमा किनमेलका लागि चहलपहल बढेको छ । जानकी मन्दिरमा पूजापाठ र दर्शन गर्नेको सङ्ख्या बढ्दै गएको त्यहाँका पुजारीले जनाएका छन् । साथै बजारमा सरकारी गाडीबाहेक निजी तथा भाडाका ठूला र साना सवारीसाधन चल्न थालेका छन् ।

आन्दोलनकारीबाट तोडफोड तथा अगजनी भएका जिल्ला प्रशासन कार्यालय धनुषासहित सरकारी कार्यालय तथा सार्वजनिक भवन एवं मधेस प्रदेश भवनअन्तर्गत रहेका प्रदेश मन्त्रालयका भवनको सरसफाइ भइरहेको छ ।

असुरक्षाका कारण खाली भएका प्रहरी चौकीमा सुरक्षाकर्मी फर्किन थालेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षाको अवस्था सामान्य हुँदै गएकाले आइतबारबाट सार्वजनिक सेवा अनिवार्य रुपमा सञ्चालन गर्न सूचना जारी गरेको छ । साथै आआफ्नो कार्यालयको क्षति विवरण सङ्कलन तथा प्रमाणित गरी अभिलेख कायम गर्न अनुरोध गरेको सूचनामा जनाइएको छ । जिल्ला प्रशासन कार्यालयको सबै सेवा सुरु भए पनि राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा हाल सञ्चालन नहुने सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालद्वारा सूचनामा उल्लेख गरिएको छ ।

सार्वजनिकस्थल तथा सार्वजनिक कार्यालयमा कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनासहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली बजारका विभिन्न स्थानमा खटिएका छन् । जेनजीको आन्दोलनमा करिब दुई दर्जनभन्दा बढी सरकारी तथा सार्वजनिक र राजनीतिक दलका नेता तथा पार्टीका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’