१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हराएका हतियार खोज्दै प्रहरी

३० भाद्र २०८२, सोमबार १४:१८

काठमाडौँ | जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा हराएका हतियार र लुट्ने व्यक्तिको पहिचान कार्यलाई तीव्रता दिएको छ ।

शनिबारदेखि अभियानका रुपमा खोजी गरेको प्रहरीले केही हतियार, गोली बरामद गर्दै अपराधमा संलग्न केही व्यक्तिलाई पक्राउसमेत गरेको छ । यसबीचमा प्रहरीले ठूलो परिमाणमा गोलीसहित आठ जनालाई पक्राउ गरेको छ ।

यस्तै आन्दोलनका क्रममा कारागारबाट फरार भएका ३७ कैदीबन्दीलाई पक्राउ गरी आइतबार सम्बन्धित कारागार पठाएको जनाइएको छ । प्रहरी उपरीक्षक कोमल शाहले आन्दोलनका बेला भएका लुटपाट, चोरी र तोडफोडमा संलग्नको पहिचानसहित पक्राउ कार्यलाई तीव्रता दिइएको बताउनुभयो । मातहतका प्रहरी युनिटलाई आगजनी, तोडफोड तथा लुटपाटमा संलग्नलाई खोजी गर्न निर्देशन दिइएको छ ।

प्रहरीले बनेपा नगरपालिका–९ बाट ७३० राउन्ड गोलीसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बनेपा–९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर र १५ वर्षीय एक बालक रहेका छन् । यस्तै तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का तथा बारा घर भएका २० वर्षीय महेश मुखिया र मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेको प्रहरीले जनायो । यसैगरी प्रहरीले शनिबार मण्डनदेउपुर नगरपालिका–७ घर भई हाल बनेपा नपा–९ लायकुस्थित डेरा गरी बस्ने ३४ वर्षीय सन्तोष श्रेष्ठलाई उनकै डेराबाट एक कटुवा पेस्तोल तथा ३६ राउन्ड गोलीसहित पक्राउ गरेको छ ।

यसैगरी फरार भई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएका कैदीबन्दीमध्ये केन्द्रीय कारागारका १८, डिल्लीबजार कारगारका १४, नक्खु कारागारका तीन र सिन्धुली कारागारका दुई जना रहेको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो । नियन्त्रणमा लिई धुलिखेलस्थित हिरासतमा राखिएका कर्तव्य ज्यान मुद्दाका १२, जबर्जस्तीकरणीका नौ, लागूऔषधका चार, चोरीका चार, अपहरण तथा शरीर बन्धकका दुई, सवारी ज्यानका दुई, ठगीका दुई, मानव बेचबिखनका एक तथा ‘ओभर स्टे’ एक जनालाई सम्बन्धित कारागार कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द