२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मैवाखोलामा पहिरोले ११ घर विस्थापित

१ आश्विन २०८२, बुधबार १४:३०

काठमाडौँ | अविरल वर्षाका कारण यहाँको मैवाखोला गाउँपालिकाका विभिन्न वडाका ११ घर विस्थापित भएका छन्भने १२ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् ।

स्थानीय विपद् व्यवस्थापन समितिको स्थलगत निरीक्षण अनुसार वडा नम्बर २, ४, ५ र ६ सबैभन्दा बढी प्रभावित भएका छन् । वडा नम्बर २ मा २ घर विस्थापित भएका छन्भने वडा नम्बर ४ मा ५ घर उच्च जोखिममा परेका छन् । यस्तै वडा नम्बर ५ मा १ घर विस्थापित हुनुका साथै सात घर उच्च जोखिममा रहेका छन् । त्यस्तै, वडा नम्बर ६ मा ८ घर विस्थापित भएका छन्भने केही दिनअघि एक घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु हुनुका साथै तनि जना घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको जनाइएको छ ।

यस्तै भौतिक संरचनातर्फ पनि क्षति पुगेको छ । वडा नम्बर ४ को एकबासे सडक पूर्ण रूपमा बगाएको छ भने वडा नम्बर ४ र ५ जोड्ने याङ्देली झोलुङ्गे पुल जाने बाटोको भाग पहिरोले बगाएको छ । वडा नम्बर ५ को महादेवथान–कामसाङ क्षेत्रको सडक अवरुद्ध भएको छ भने वडा नम्बर ५ र ६ जोड्ने चिम्फाक–रानीवन सडक, रानीवन–साङलुप्पा सडक, रानीवन–साम्तोङ सडक, ओर्खुम–जैवा सडक र फाकुम्बा–यदे सडक बाढी र पहिरोले बगाएर पूर्ण रूपमा अवरुद्ध भएका छन् । साथै, तिर्तिरे–खार्ते सडकखण्डको अयाक्मा जङगल क्षेत्रमा निर्माण गरिएको ग्याबिन र सोलिङ समेत बगाएको छ ।

दसैँ, तिहारजस्ता प्रमुख पर्व नजिकिँदै गर्दा बाढी, पहिरोले ल्याएको विपत्तिका कारण जनजीवन कष्टकर बनेको गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले बताउनुभएको छ । प्रभावित परिवारहरू विस्थापित भएर असुरक्षित अवस्थामा दिन काट्न बाध्य भएका छन् । अझै वर्षा रोकिने सम्भावना नदेखिएकाले थप जोखिम बढ्न सक्ने अनुमान गरिएको छ । यसबीच गाउँपालिका अध्यक्ष वनेमले सतर्क रहन सबैलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य