२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विपदबाट क्षतिग्रस्त सडकको मर्मत कार्य तीव्र गतिमा गरिने

२०८२, १९ आश्विन आईतवार १६:२९

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण बन्द भएको काठमाडौँबाट पश्चिमतर्फका सडक तत्कालै खोल्ने गरी तयारी भइरहेको र विपद्बाट क्षतिग्रस्त विभिन्न सडकको मर्मत कार्य तीव्र गतिमा गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा घिसिङले नेपालको पूर्व क्षेत्रमा अझै पनि वर्षा हुनेक्रम जारी रहेको वर्षा कम भएपछि मात्रै सडक सुधारको कार्य थालिने बताउनुभयो । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि भने मौसममा सुधार भई वर्षा कम हुने जानकारी गराएको छ ।

शुक्रबारदेखि आजसम्मको लगातार भारी वर्षा र जलवायुजन्य घटनाका कारण देशका विभिन्न स्थानमा उत्पन्न भूस्खलन र बाढीले सडकमा अवरोध तथा यातायातमा ठूलो असर परेको मन्त्री घिसिङको भनाइ छ । “प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति र उपकरण परिचालन गर्दै, प्रमुख राजमार्गका अवरुद्ध खण्डमा दिनरात मर्मत कार्यलाई तीव्र गति दिइरहेको छ”, उहाँले भन्नुभयो ।

विपद्का कारण केही भौतिक क्षति भए पनि सरकारको पूर्वतयारीका कारण ठूलो मानवीय क्षति भने हुन नपाएको मन्त्री घिसिङले जानकारी दिनुभयो । काठमाडौँदेखि पश्चिम मुग्लिन हुँदै पोखरा र नारायणगढ जाने पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन राजमार्गमा यातायात सञ्चालनमा अवरुद्ध नभएको सडक विभागको भनाइ छ ।

विभागका महानिर्देशक विजय जैसीले बिपी राजमार्ग (भकुण्डेबेंसी–नेपालथोक खण्ड) र मेची राजमार्गको अवरोध हटाउने कार्यमा पनि चाँडै प्रगति हुने बताउनुभयो । सडक विभागले स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र स्थानीय निकायसँग समन्वय गरी मर्मत तथा सडक खोल्ने कार्यलाई तीव्रता दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार