२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीप बलिङमा चम्किंदा कतारमाथि नेपालको रोमाञ्चक जित, विश्वकप नजिक

२८ आश्विन २०८२, मंगलवार ००:३१

काठमाडौँ । सन्दीप लामिछाने एक्लैले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा पराजित हुन पुग्यो । खेलको अन्तिम ओभरमा सन्दिप लामिछानेले रोमाञ्चक पर्दर्शन गरे ।

खेलमा नेपालले जित निकाल्ने क्रममा सन्दीप लामिछाने मार्फत ५ विकेट, नन्दन यादव मार्फत २ र दीपेन्द्रसिंह ऐरी मार्फत १ विकेट लिए ।

खेलमा पहिले ब्याटिङ गरेको नेपालको लागि कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रन बनाएर नेपाललाई १४७ रनको लक्ष्य दिएको थियो । खेलमा दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन बनाए । गुल्शन झाले आजपनि ८ बलमा १६ रनको पारी खेले । कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । डानियल लुइसले पनि ३ विकेट लिए । मुहम्मद असिमले १ विकेट लिए ।

सुरुवातदेखिनै सहज जितको अवस्थामा रहेको कतारविरुद्ध नेपालले सन्दिपको पहिलो विकेटसंगै क्रमश ले समात्यो । हारको स्थितिमै पुगिसकेको नेपालले क्रमश शानदार पुनरागमन गरेपछि जित निकाल्न सफल बन्यो । आजपनि दीपेन्द्रले एक सानदार रनआउट लिए र लगत्तै आदिलको एक रनआउटले खेल नेपालको पक्षमा ल्याएको थियो ।

यसअघि नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराएको थियो । आजको खेलमा कतारलाई पराजित गरेसंगै नेपालको विश्वकप यात्रा सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो