२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुनचाँदी पसलमा छापा हान्ने क्रममा भएको घटनाका दोषीलाई कारबाहीको माग

२ कार्तिक २०८२, शनिबार १५:१४

काठमाडौँ | जनकपुरधाम उद्योग वाणिज्य सङ्घले जनकपुरको एक सुन पसलमा प्रहरीले छापा मार्ने क्रममा भएको विवादको घटनाबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा गैरकानुनी छापा मार्ने क्रममा झडप भएको थियो । त्यस क्रममा सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते बनाउने हुनु भएकाले घटनाको छानबिन गरी त्यसमा सङ्लग्नलाई कारबाहीको माग गर्दै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लिखित ज्ञापनपत्र पठाएको वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले जानकारी दिनुभयो ।

प्रहरीले अवैध कारोबार भइरहेको भन्दै शुक्रबार साँझ जनकपुरधाम–५ स्थित सञ्जय पायल ज्वेलर्स पसलबाट चाँदी तथा सुनका गरगहना जफल गर्न खोज्दा विवाद भएको थियो ।

विवादको समयमा प्रहरी तथा व्यवसायीबीच झडप पनि भएको थियो । त्यसबेला प्रहरीले अश्रृग्याससमेत प्रहार गरेको थियो । सङ्घका अध्यक्ष भण्डारीले तिहारको बेला प्रहरी एक्लैले छापा मार्न नमिल्ने भनेर विरोध गर्दा उहाँमाथि कुटपीट भएको र हाल उहाँको जनकपुरधाम प्रादेशिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको सङ्घले जनाएको छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष साह नेतृत्वमा प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलाई अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई पठाउने गरी ज्ञापनपत्र बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ