2026-10-02 04:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चितवनको भरतपुर महानगरपालिका–१० मा निर्माणाधीन राष्ट्रिय समाचार समितिको केन्द्रीय तालिम केन्द्रको आज अवलोकन तथा निरीक्षण गर्नुभएको छ । राससले ‘एकेडेमिक सेन्टर’का रुपमा विकास गर्ने लक्ष्यअनुरुप तालिम केन्द्रको निर्माण सुरु गरेको हो ।

त्यस अवसरमा मन्त्री खरेलले राससको केन्द्रीय तालिम केन्द्र सम्पन्न हुन लागेकामा खुशी व्यक्त गर्नुभयो । उहाँले तालिम केन्द्रले व्यावसायिक पत्रकारिताको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “व्यवसायिक पत्रकारिताका लागि क्षमता विकास, तालिम, अनुभव साटासाट तथा कार्यशाला आवश्यक पर्छ । यस्ता कार्यक्रम सञ्चालन गर्न उपयुक्त स्थानको अभाव थियो, तालिम केन्द्रले त्यो आवश्यक पूरा गर्नेछ ।” स्टुडियोसहितको आधुनिक तालिम केन्द्र सञ्चालनमा आएपछि सबैलाई सहज हुने उहाँको भनाइ थियो । मन्त्री खरेलले तालिम केन्द्रका लागि आवश्यक सामग्री खरिदका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

त्यस अवसरमा रासस भरतपुर कार्यालयका प्रमुख नारायणप्रसाद अधिकारीले तालिम केन्द्र भवनको निर्माण प्रगति तथा हालको अवस्थाबारे मन्त्री खरेललाई जानकारी गराउनुभएको थियो । उहाँले तालिम केन्द्रमा ¥यामको छाना, लिफ्ट, सटरसहितका सामग्री व्यवस्थापन हुन बाँकी रहेको उल्लेख गर्दै सहजीकरणको अपेक्षा गर्नुभयो ।

विसं २०८० जेठ ८ गते निर्माण सम्झौता भइ भवन निर्माण सुरु भएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले रु पाँच करोड ७६ लाख ७१ हजारमा सम्झौता गरी निर्माण गरिरहेको छ । भूमिगत पार्किङसहित चार तलाको भवन निर्माण गर्न लागिएको हो । भवनमा १९ वटा कोठा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते