2026-10-03 02:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बैंक लुटपाटमा संलग्न सात जना पक्राउ

काठमाडौँ | यहाँको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले पुस २९ गते साँझ ७ः३० बजे बैंक लुटपाटमा संलग्न सात जना पक्राउ गरिएको र एक जना फरार रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० का ४९ बर्षिय सुमो चालक भागवतसिंह थापा, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवनको भरतपुर महानगरपालिका–२ का २४ बर्षिय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही ठेगाना भएका १९ वर्षीय विवेक मगर, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक जना नाबालक पक्राउ परेका छन् ।

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते बनाइ बैंक भित्र छिरी नगद लुटेर उनीहरु फरार भएका थिए ।

घटनास्थलबाट करिब दुई किलोमिटर पूर्व लिपिखोलामा विएडि ०३९८ टाटा सुमो र चालक भागवतसिंहलाई फेला पारी निजलाई प्रारम्भिक रुपमा सोधपुछ गर्दा अपरिचित छ जनाले विवाहको लागि भनी उक्त टाटा सुमो काभ्रेको बनेपाबाट सोही दिन रिजर्भ गरी ल्याएको जानकारी पाएपछि चालकले दिएको हुलियाको आधारमा बैंक लुटपाटमा संलग्नको खोजिलाई तिव्र पारिएको थियो ।

नेपाल एसबिआई शाखा कार्यालय घ्याङलेख शाखाका अनुसार उक्त दिन बैंकबाट रु तीन करोड सात लाख पैसा लुटी उनीहरुले लगेका थिए । पक्राउ परेकाहरुलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा पाँच दिन म्याद थप भई अनुसन्धान भइरहेको । प्रहरीले रु दुई करोड ६८ लाख ५५ हजार १७५ बरामद गरेको छ । साथै उक्त घटनामा प्रयोग भएका दुई थान खुकुरी, एक थान प्लाष्टिकको पेस्तोल, मोबाइल पाँच थान, ठुलो पानी टेप एक थान, कालो रङको नकाब तीन थान र रातो रङको नकाब एक थान, कालो पञ्जा एक जोर बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने