२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु

२०८२, ८ माघ बुधबार १७:३५

काठमाडौँ | विराटनगरको कञ्चनबारीमा यात्रुवाहक बसको ठक्करबाट बुधबार दिउँसो एकजना वृद्धा महिलाको मृत्यु भएको छ । कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा दिउँसो ३ : १५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले बाटो क्रस गर्दै गरेका बेला ठक्कर दिएको थियो । दुर्घटनामा विराटनगर–४ की ७५ वर्षीया डम्बरकुमारी नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् । शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।

बस र चालक झापाको कनकाई नगरपालिका–३ का ३८ वर्षीय समीर लुइँटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट