2026-09-11 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ

काठमाडौँ | गुल्मीमा तीन महिने शिशुको हत्या गरिएको छ। जिल्लाको इस्मा गाउँपालिका–२, छल्दीटारमा मादक पदार्थ सेवन गरी आफ्नै तीन महिनाको नाबालक छोराको आफ्नै बाबुले हत्या गरेको खुलेको छ। गएराति करिब ८ बजेको समयमा ४६ वर्षीय सन्तबहादुर कुमालले मापसे सेवन गरी तीन महिनाका छोरा सुवास कुमाललाई भुइँमा पछारेर शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए।

उनका अनुसार घटनापछि सन्तबहादुर कुमालकी जेठी छोरी सरिता कुमालले प्रहरी चौकी हस्तिचौरमा जानकारी गराएकी थिइन्। सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा खटिएको दुई जनाको टोलीले अभियुक्त बाबु सन्त बहादुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। शिशुको शव घटनास्थलमै सुरक्षित राखिएको छ।

घटनाको स्पष्ट कारण खुल्न नसकेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार केसीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस