काठमाडौँ | भोजपुरमा करिब ५०० किलो गाँजासहित प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमचोक गाउँपालिका–९ का २९ वर्षीय रुद्रबहादुर श्रेष्ठसहितका व्यक्तिहरू छन् ।
बिहीबार बिहान हतुवागढी गाउँपालिका–९, मचुवाबाट अवैध लागुऔषध गाँजा करिब ५०० किलोग्रामसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
ना७त ३५० नम्बरको ट्याक्टरमा ४३ बोरामा राखिएको उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।