2026-10-23 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप

काठमाडौँ | वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोलीसँग स्थानीय व्यापारीहरूको झडप भएको छ। सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयको टोलीले खानतलासी सुरु गर्न लाग्दा स्थिति तनावग्रस्त बनेको हो।

झडपका क्रममा एकजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् भने ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरीले प्रयोग गर्ने गाडीको अगाडिको सिसा समेत फुटेको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा टोली उक्त गोदाममा पुगेको थियो, तर व्यापारीहरूले विरोध जनाएपछि विवाद सुरु भएको हो।

व्यापारीहरूले आफूहरूसँग सामानको वैध बिलबिजक रहेको दाबी गर्दै विनाकारण दुःख दिइएको आरोप लगाएका छन्। बिल देखाउँदा देखाउँदै पनि सामान नियन्त्रणमा लिन खोजेपछि आक्रोशित भीडले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेको प्रहरीको भनाइ छ। घाइते सुरक्षाकर्मीको अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घटनापछि आदर्शनगर क्षेत्रमा तनाव कम गर्न सुरक्षा सतर्कता निकै बढाइएको छ र ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सशस्त्र प्रहरीले उक्त गोदामबाट ठुलो परिमाणमा सामान नियन्त्रणमा लिएको भए पनि बरामद सामानको विस्तृत विवरण र परिमाण भने अहिलेसम्म सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ