2026-10-21 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह

काठमाडौँ | रास्वपाका वरिष्ठ नेता बालेन शाहले काठमाडौँमा महानगरपालिकामा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका छन् । काठमाडौँका पूर्वमेयरसमेत रहेका शाहले झापा ५ का मतदातासँगको संवादमा महानगरको नेतृत्व गर्नु र प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा नभएको जिकिर गरेका हुन् । काठमाडौँको फोहोर व्यवस्थापनमा समेत अन्तर्राष्ट्रिय चलखेल भएको उनको भनाइ छ ।

सरकार बनाउँदा अन्तर्राष्ट्रिय चलखेल हुनसक्छ, तपाईँको योजना के छ ? भन्दै मतदाताले सोधेको प्रश्नमा उनले भने, ‘अन्तर्राष्ट्रिय चलखेल महानगरमा कुन हदसम्मको थियो भनेर तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न । उदाहरणको लागि काठमाडौँको फोहोर व्यवस्थापनसमेत चलखेल हुन्थ्यो । त्यसैले प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन ।’

सुकुम्बासी समस्यामा समाधानमा पनि ठूलो अन्तर्राष्ट्रिय चलखेल हुने गरेको उनले दाबी गरे । ‘काठमाडौँका सुकुमबासी बस्तीमा बस्ने धेरै त वास्तविक सुकुम्बासी नभई राजनीतिक दलहरूद्वारा संरक्षित र परिचालित मान्छे हुन्,’ बालेनले भने।

बालेन एक हप्ता लामो मधेस र बागमती प्रदेशको भ्रमणपछि सोमबार आफू उम्मेदवार रहेको झापा ५ मा फर्किएका हुन् । सोमबार बिहानैदेखि उनले झापा ५ मा घरदैलो शुरू गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ