2026-10-23 06:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनमार्फत देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ स्थायी रूपमा बन्द हुने उद्घोष गरेका छन्। धनगढीमा आयोजित जनसभामा सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभई, नेतासँग ‘कन्ट्राक्ट’ गर्ने युगको शुरुवात भएको बताएका हुन् ।

उनले वर्षौँदेखि जनताका मुद्दालाई निर्वाचनको एजेन्डा मात्रै बनाइ अल्झाइराख्ने राजनीतिक परिपाटीको अन्त्य आवश्यक रहेकोमा जोड दिए । रास्वपाले नेपालको इतिहासमा पहिलोपटक जनतासँग पाँच वर्षको लिखित ‘कन्ट्राक्ट’ गरेको दाबी गर्दै पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरे । वाचा पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने र जनता सधैं पीडित बन्ने अवस्थाको अन्त्य गर्न रास्वपा मैदानमा आएको उनको भनाइ छ। भारतमा कार्यरत सुदूरपश्चिमका नेपालीहरूलाई सम्बोधन गर्दै लामिछानेले यसपटक देश बदल्नका लागि छुट्टी मिलाएर भएपनि मतदान गर्न आउन आग्रह गरे ।उनले सिंहदरबारको संरचना मात्र नभई त्यहाँको कार्यशैली र नियत बदल्नुपर्ने आवश्यकता औँल्याउनुभयो। पुराना दलहरूले डोजर लगाएर गरिबको बस्ती उठाउने भ्रम फैलाएको भन्दै उनले प्रतिप्रश्न गर्नुभयो, “३५ वर्षसम्म जनताको सपनामा डोजर कसले चलायो?”

उनले जनताको अधिकार र समस्यालाई अल्झाउने काम अब बन्द गर्नुपर्ने बताए। लामिछानेले भने, “सटर त एउटा बन्द हुनुपर्छ-कुशासनको सटर, बेथितिको सटर, बेरोजगारी र अशिक्षाको सटर सबै बन्द गर्ने हो। इतिहास लेख्ने हो, भोट हाल्ने होइन। रास्वपाले हरेक चुनावमा घोषणापत्रमा बल्र्याङ्ग्रे अक्षरले लेखिने ‘जनताको माग पाइँदैन’ भन्ने युगको अन्त्य गर्नेछ। अब वाचा पूरा नगर्ने नेताले सजाय पाउने छन्, जनता होइन। त्यसैले हामीले पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरेका छौँ।”

भ्रष्टाचार र बेथितिको पूर्ण अन्त्यका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ‘घण्टी’ चिह्नमा मतदान गर्न मतदाताहरूलाई लामिछानेले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने