२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर

२०८२, ९ फाल्गुन शनिबार १५:३७

काठमाडौँ | धार्मिक विषयलाई लिएर दुई समुदायबीच झडप हुँदा रौतहटको गौर अशान्त बनेको छ । स्थिति तनावग्रस्त बनेसँगै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरे पनि त्यसको अवज्ञा गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

जिल्लाको गौर क्षेत्रका भित्री भागमा आगजनी हुने क्रम अझै रोकिएको छैन । प्रशासनले कर्फ्यु लगाएर नेपाली सेनासमेत परिचालन गर्दा पनि स्थिति सामान्य बन्न नसकेको हो । कर्फ्युका बाबजुद गौर नगरपालिका–४ मचकुटिया टोलमा एउटा स्कुटरमा आगजनी भएको छ । हालसम्म प्रदर्शनकारीहरूबाट ६ वटा मोटरसाइकल र २ जिपमा आगजनी भएको छ । सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिए पनि भित्री भागको अवस्था अझै तनावग्रस्त छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले भने अहिले अवस्था सामान्य बन्दै गएको बताए । उनले भने, ‘अहिले अवस्था सामान्य बन्दै गएको छ, कर्फ्यु लगाएका स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।’उनका अनुसार अहिले व्यापक सुरक्षाकर्मी परिचालन गरेर अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ । शुक्रबार मुस्लिम समुदाय मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको विषयलाई लिएर उनीहरुबीच विवाद सुरु भएको थियो ।

अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु लगाएको हो । सदरमुकाम गौर भन्सार कार्यालय, पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर क्षेत्रभित्र कर्फ्यु आदेश जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह