2026-10-20 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर

काठमाडौँ | धार्मिक विषयलाई लिएर दुई समुदायबीच झडप हुँदा रौतहटको गौर अशान्त बनेको छ । स्थिति तनावग्रस्त बनेसँगै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरे पनि त्यसको अवज्ञा गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

जिल्लाको गौर क्षेत्रका भित्री भागमा आगजनी हुने क्रम अझै रोकिएको छैन । प्रशासनले कर्फ्यु लगाएर नेपाली सेनासमेत परिचालन गर्दा पनि स्थिति सामान्य बन्न नसकेको हो । कर्फ्युका बाबजुद गौर नगरपालिका–४ मचकुटिया टोलमा एउटा स्कुटरमा आगजनी भएको छ । हालसम्म प्रदर्शनकारीहरूबाट ६ वटा मोटरसाइकल र २ जिपमा आगजनी भएको छ । सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिए पनि भित्री भागको अवस्था अझै तनावग्रस्त छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले भने अहिले अवस्था सामान्य बन्दै गएको बताए । उनले भने, ‘अहिले अवस्था सामान्य बन्दै गएको छ, कर्फ्यु लगाएका स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।’उनका अनुसार अहिले व्यापक सुरक्षाकर्मी परिचालन गरेर अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ । शुक्रबार मुस्लिम समुदाय मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको विषयलाई लिएर उनीहरुबीच विवाद सुरु भएको थियो ।

अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु लगाएको हो । सदरमुकाम गौर भन्सार कार्यालय, पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर क्षेत्रभित्र कर्फ्यु आदेश जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ