2026-10-01 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ

काठमाडौँ | काभ्रेको बनेपामा टिपरमा आगजनी गरेको आरोपमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । टिपरकाे ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि टिपरमा आगजनी गर्ने र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २६ वर्षीय विदुर बुढाथोकी, ३२ वर्षीय राम बहादुर माझी, २३ वर्षीय विकाश राय,२२ वर्षीया की रेनुशा मोक्तान,३२ वर्षीय श्याम मानन्धर, २९ वर्षीया कविता रसाईली,२५ वर्षीय सरोज पराजुली, २१ वर्षीय रवि थापा, २८ वर्षीय को नवीन तामाङ, ४० वर्षीय उमेश खत्री , २१ वर्षीय सिजन श्रेष्ठ, १९ वर्षीय सुदर्शन तिमिल्सिना र बारा घर बताउने ३९ वर्षीय नगेन्द्र शाह रहेका छन् ।

फागुन ६ गते बिहान ८ बजे बनेपा बजारको चाँदनी चोकमा बनेपाबाट साँगा तर्फ गईरहेको बा।प्र।०१(००४ क ३४२३ नम्वरको टिपर र सोही दिशा तर्फ गइरहेको बा।प्र।०२(०६३ प ९१८९ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३० वर्षीय ओमन प्रधान सख्त घाइते भएका थिए। उनको उपचारको लागि शीर मेमोरियल अस्पताल बनेपा लगेको थियो । उपचारको क्रममा उनको मृत्यु भए पश्चात् आवश्यक अनुसन्धानको लागि खटिएको प्रहरी टोलीमाथि ढुंगामुढा गरी अनुसन्धान कार्यमा अवरोध गर्नुका साथै उक्त ट्रिपरमा आगजनी गरी क्षति पुर्‍याएका थिए ।

उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट फागुन ६ गतेबाटै लागु हुने गरी दिन ७ को म्याद अनुमती लिई यस कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता