2026-10-22 05:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ

काठमाडौँ | काभ्रेको बनेपामा टिपरमा आगजनी गरेको आरोपमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । टिपरकाे ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि टिपरमा आगजनी गर्ने र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २६ वर्षीय विदुर बुढाथोकी, ३२ वर्षीय राम बहादुर माझी, २३ वर्षीय विकाश राय,२२ वर्षीया की रेनुशा मोक्तान,३२ वर्षीय श्याम मानन्धर, २९ वर्षीया कविता रसाईली,२५ वर्षीय सरोज पराजुली, २१ वर्षीय रवि थापा, २८ वर्षीय को नवीन तामाङ, ४० वर्षीय उमेश खत्री , २१ वर्षीय सिजन श्रेष्ठ, १९ वर्षीय सुदर्शन तिमिल्सिना र बारा घर बताउने ३९ वर्षीय नगेन्द्र शाह रहेका छन् ।

फागुन ६ गते बिहान ८ बजे बनेपा बजारको चाँदनी चोकमा बनेपाबाट साँगा तर्फ गईरहेको बा।प्र।०१(००४ क ३४२३ नम्वरको टिपर र सोही दिशा तर्फ गइरहेको बा।प्र।०२(०६३ प ९१८९ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३० वर्षीय ओमन प्रधान सख्त घाइते भएका थिए। उनको उपचारको लागि शीर मेमोरियल अस्पताल बनेपा लगेको थियो । उपचारको क्रममा उनको मृत्यु भए पश्चात् आवश्यक अनुसन्धानको लागि खटिएको प्रहरी टोलीमाथि ढुंगामुढा गरी अनुसन्धान कार्यमा अवरोध गर्नुका साथै उक्त ट्रिपरमा आगजनी गरी क्षति पुर्‍याएका थिए ।

उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट फागुन ६ गतेबाटै लागु हुने गरी दिन ७ को म्याद अनुमती लिई यस कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ