2026-10-22 03:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज

काठमाडौँ | इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य आक्रमणको रुस र चीनले कडा आलोचना गरेका छन्। दुवै देशले द्वन्द्वलाई थप नबढाउन कूटनीतिक समाधानमा फर्किन आह्वान गरेका छन्। चीनका विदेशमन्त्री वाङ यीले आफ्ना इजरायली समकक्षी गिदोन सारसँग टेलिफोन वार्तामा इरानमाथिको आक्रमण तत्काल रोक्न आग्रह गरेका छन्। वाङले वासिङ्टन र तेहरानबीच वार्ता अघि बढिरहेका बेला सैन्य कारबाही सुरु हुनु दुःखद भएको बताएका छन्।

बल प्रयोगले समस्या समाधान नहुने भन्दै उनले दीर्घकालीन जटिलता आउने हुदाँ चीनले द्वन्द्व विस्तार हुन नदिन र क्षेत्रीय स्थिरता जोगाउन तत्काल युद्धविराम हुनुपर्ने बताएका छन् । बेइजिङले इरानस्थित चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षाबारे पनि चासो व्यक्त गरेको छ। इजरायली पक्षले उनीहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

मस्कोमा आयोजित पत्रकार सम्मेलनमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण नदेखिएको बताएका छन्। उनका अनुसार अमेरिका र इजरायलको आक्रमणले उल्टै आणविक प्रसारको जोखिम बढाउन सक्छ। आणविक हतियारको प्रसार रोक्ने नाममा युद्ध सुरु गर्नुले उल्टै विपरीत परिणाम दिने लाभरोभलेको भनाइ छ ।

रुसले अमेरिका–इजरायलको कारबाहीलाई ‘सार्वभौम राष्ट्रमाथिको पूर्वनियोजित सशस्त्र आक्रमण’ भन्दै निन्दा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ