2026-09-11 06:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

काठमाडौँ | पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जाँच टोलीले पर्साको हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा१०च १२५० नम्बरको गाडीमाथि जाँच गर्दा गाडीको पछाडि डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बक्साभित्र शङ्कास्पद वस्तु फेला पारेर अनुसन्धान भइरहेको जनाएको छ । पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले शङ्कास्पद वस्तुसहित पक्राउ गरेका चारै जनामाथि अनुसन्धान भइरहेको जानकारी दिनुभयो । पक्राउ पर्नेमा ४६ वर्षीय उम्मेदवार चौधरी, बाराको प्रसौनी गाउँपालिका–४ का सहाब आलम अन्सारी, धनुषाको धनुषाधाम नगरपालिका–४ का सुरज कार्की, पर्सागढी नगरपालिका–३ का सत्यनारायण थारू रहेका छन् ।

त्यसैगरी, वीरगन्ज महानगर–१६ स्थित इनर्वागाउँस्थित विशेष सूचनाका आधारमा निर्वाचन लक्षित एकीकृत सुरक्षाकर्मीको संयुक्त टोलीले नौ थान सुतली बमसहित सुँगुरको टाउको एक थान र वाइरिङ तार १० मिटरसहित तीन जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले पक्राउ परेका व्यक्तिउपर विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर र निर्वाचनसम्बन्धी कसुरमा थप अनुसनधान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट