2026-10-20 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने

काठमाडौँ | सुर्खेतमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सुर्खेत प्रहरीले सीआईबीसँग सहयोग मागेपछि प्रहरी निरीक्षकको नेतृत्वमा विज्ञ टोली वीरेन्द्रनगर पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सम्पन्न भइसकेको छ र अब केन्द्रीय टोलीले घटनाका थप पाटोहरूबारे अनुसन्धान अघि बढाउनेछ।

प्रहरीले घटनासँग सम्बन्धित पोस्टमार्टम रिपोर्ट प्राप्त गरिसकेको छ भने पीडित र अभियुक्त पक्षका मोबाइल फोनसहित विभिन्न विद्युतीय सामग्री केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणको रिपोर्ट आएपछि पोस्टमार्टम प्रतिवेदनसँग मिलाएर घटनाको अन्तिम निष्कर्षमा पुग्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताएका छन्।

यसैबीच, जिल्लास्तरमा छुट्टै अनुसन्धान टोली गठन गरी काम भइरहेको छ भने कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जबाट आएको पोलिग्राफ टोलीले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ। पोलिग्राफी परीक्षणमार्फत बयानको सत्यता जाँच्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। साथै कल डिटेल्स र किशोर–किशोरीबीच भएका विद्युतीय संवादसमेत अनुसन्धानको दायरामा राखिएको छ।

प्रहरीका अनुसार हालसम्म पीडित परिवारले शव बुझिसकेको छैन। परिवारको जाहेरीका आधारमा भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरेको थियो। प्राप्त प्रतिवेदनमा जबरजस्ती करणीका क्रममा संवेदनशील अंगमा गम्भीर चोट लागेर अत्यधिक रक्तस्राव हुँदा बालिकाको मृत्यु भएको उल्लेख गरिएको छ।

गुर्भाकोट–६ बडाखोली स्थायी घर भएकी इनिसा विकको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ। घटनालाई सामूहिक बलात्कारपछि हत्या भएको भन्दै पीडित परिवारले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सबै जना १८ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ। घटनाको दिन नै एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको थियो भने त्यसको भोलिपल्ट थप तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ