2026-09-11 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ (पब्लिक अनाउन्समेन्ट सिस्टम) को निरीक्षण गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्द्धनका लागि सुरु भएको सेवा प्रवाहको मोडेल ‘पास’ सहितको समग्र प्रणाली र कार्यालय व्यवस्थापनको निरीक्षण गर्नुभएको हो । निरीक्षणमा गृहमन्त्री ओमप्रकाश अर्याललगायत विशिष्ट पदाधिकारीहरू सहभागी हुनुहन्थ्यो ।

कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र जनमैत्री बनाउन सार्वजनिक सम्बोधन÷घोषणा प्रणालीसहितको नयाँ सेवा मोडेल सुरु गरेको जनाएको छ । सो प्रणालीको अवलोकन तथा निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँगका अन्य सरकारी निकायमा उक्त प्रणाली विस्तार गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिनुभयो । उक्त प्रणाली लागू भएको करिब तीन महिनाको अवधिमा सेवाग्राहीबाट कुनै गुनासो नआएको र सेवाग्राही सन्तुष्टि बढेको उहाँले बताउनुभयो ।

“सेवा प्रवाहलाई सुशासनमुखी, जवाफदेही र पारदर्शी बनाउन नयाँ मोडेल लागू गरिएको हो । जेनजी आन्दोलनपछि उठेका सुशासन र पारदर्शिताका आवाजलाई सम्बोधन गर्ने उद्देश्यले यो प्रणाली विकास गरिएको हो । यसबाट बिचौलियाको भूमिकालाई कम गर्न मद्दत पुगेको छ”, उहाँले भन्नुभयोे, “कार्यालयको भुइँतलादेखि प्रत्येक तलासम्म ‘स्पिकर’ जडान गरी सेवाग्राहीलाई आवश्यक सूचना, निर्देशन तथा सेवासम्बन्धी जानकारी दिने व्यवस्था मिलाइएको छ । डिजिटल प्रविधिको प्रयोग गरिएको छ ।”

नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी केन्द्रीय डाटाबेस सर्भरमा देखिने समस्याका कारण सेवाग्राहीलाई केही ढिलाइ हुने गरेको भन्दै प्रजिअ पौडेलले गृह मन्त्रालयलाई समन्वय गरिएको बताउनुभयो । कार्यालयमा बिहान ९ः४५ बजे सेवा सुरु हुनुअघि स्वचालित रूपमा आवाजमार्फत सन्देश प्रसारण गर्ने व्यवस्था गरिएको छ । त्यसपछि राष्ट्रिय गान बजाएर मात्र सेवा सुरु गर्ने अभ्याससमेत गरिएको छ । दिउँसो खाजा समयअघि सेवाग्राहीलाई जानकारी दिन १०–१० मिनेटको अन्तरालमा सूचना सन्देश प्रसारण गर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट